सम्यक साकोस , इखाछेंको १२औँ वार्षिक साधारणसभा सम्पन्न , ललितपुर महानगरपालिका अन्तर्गतका सहकारीहरुको व्यवस्थापन गरिने छ : उपमेयर गीता सत्याल

0 Shares

ललितपुर महानगरपालिका -११ , इखाछेंमा रहेको सम्यक बचत तथा ऋण सहकारी संस्था लि. को ११औँ वार्षिक साधिरणसभा सो संस्थाका अध्यक्ष सुरेन्द्र शाक्यको अध्यक्षतामा २०७६ असोज ४ गते साझा पार्टी प्यालेस , लगनखेल , ललितपुरमा सम्पन्न भयो । उक्त साधारणसभाको उद्घाटन गर्दै ललितपुर महानगरपालिकाका उप-मेयर गीता सत्यालले ललितपुर महानगरपालिका अन्तर्गतका सहकारी संस्थाहरुलाई ललितपुर महानगरपालिकाले व्यवस्थापन गर्दै जाने बताउनुभएको छ । उहाँले सहकारी संस्थाहरुले स्थानीय  कला , संस्कृतिको विकास र संरक्षण लगायतमा पनि सहयोग गर्दै उत्पादनमूलक कार्यमा लाग्नु पर्नेमा जोड दिनुभयो ।

त्यस अवसरमा ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. का सञ्चालक सदस्य नरेश महर्जनले सहकारीले  आर्थिक , सामाजिक तथा सांस्कृतिक क्षेत्रमा महत्वपूर्ण योगदान गर्न  सक्ने भएकोले मर्यादित र व्यवस्थित सहकारी निर्माण हुनु पर्ने आवश्यकता औल्याउनुभयो ।

त्यसैगरी अन्तर सहकारी सुरक्षण कोषका अध्यक्ष तथा परम्परागत साकोसका अध्यक्ष अनुपवीर बज्रचार्यले स्थानीय समुदायमा आधारित सम्यक साकोसले स्थानीय कला र संस्कृति संरक्षणमा सहयोग गर्नुका साथै सदस्यहरुको आर्थिक तथा सामाजिक परिवर्तनमा योगदान पु-याइरहेको छ भन्नुभयो । आवश्यक पर्दा एकले अर्कालाई सहयोग गर्ने उद्देश्यले सञ्चालन भइरहेको अन्तर सहकारी सुरक्षण कोषले आफ्ना सदस्य संस्थाहरुको विकास र प्रवर्द्धनमा सहयोग गरिरहेको छ भनुभयो ।

त्यस साधारणसभामा उक्त संस्थाको प्रतिवेदन पेश गर्दै सोही संस्थाका अध्यक्ष शाक्यले नेपालमा परम्परादेखि चल्दै आएका सामाजिक प्रथा तथा गुठीको विकसित रुप नै सहकारी हो भन्दै नेपालमा दर्ता भएका सहकारीहरुमध्ये  ५० प्रतिशतभन्दा बढी बचत तथा ऋण सहकारीहरु रहेको र ६५ प्रतिशतभन्दा बढीले बचत तथा ऋण कारोवार गरिरहेको तथ्यांकले देखाएको छ भन्नुभयो । उहाँले स्थानीय कला र संस्कृतिको विकास , सामाजिक उत्तरदायित्व तथा सदस्यहरुको आर्थिक समृद्धिमा योगदान गरिरहेको यस संस्थामा आर्थिक वर्ष २०७५/०७६ मा महिला १५९ र पुरुष १११ जना गरी जम्मा २७० जना शेयर सदस्यहरु , रु.३१,३६,८०० शेयर पूँजी , रु.२,१९,८०,२६३/५८ निक्षेप संकलन , रु.२,१७,७०,४८२ ऋण लगानी र रु.४,५१,५०३/८३ खुद नाफा रहेको बताउनुभयो । त्यस अवसरमा सो संस्थाका ६५ वर्ष पुगेका जेष्ठ सदस्यहरुका साथै उत्कृष्ट बचतकर्ता राजभाइ बज्राचार्य र असल ऋणी चक्रराज शाक्यलाई सम्मान गरिएको थियो ।

Leave a Reply