जय भीमसेन साकोस , मंगलबजारको एघारौँ वार्षिक साधारणसभा सम्पन्न , संस्थाको कूल ऋण लगानी रु.८,६४,९४,००९/९६ , साकोसहरुको विकास र प्रवर्द्धनका लागि छुट्टै साकोस ऐन आवश्यक छ : नेफ्स्कूनका सञ्चालक नानीकाजी शाक्य

0 Shares

नेफ्स्कूनका सञ्चालक नानीकाजी शाक्यले बचत तथा ऋण सहकारी सस्थाहरुको विकासका लागि छुट्टै साकोस ऐन आवश्यक छ भन्नुभयो ।ललितपुरको मंगलबजारमा रहेको जय भीमसेन बचत तथा ऋण सहकारी संस्था लि. को ११औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै उहाँले सो कुरा बताउनु भएको हो ।छुट्टै साकोस ऐन निर्माणका लागि नेफ्स्कूनले पहल गरिरहेको उहाँको भनाई थियो । उहाँले मर्यादित ढंगबाट सहकारीको सिद्धान्त , ऐन र नियम पालना गरी सञ्चालन भइरहेको यस जय भीमसेन साकोसमा सदस्यहरुले नडराई कारोवार गर्न आग्रह गर्नुभयो । उक्त संस्थाका अध्यक्ष जीवनलाल श्रेष्ठको अध्यक्षतामा २०७६ असोज ४ गते नेवा: भ्वय छे एण्ड प्यालेस प्रा.लि.मचागा , जावलाखेलमा सम्पन्न  त्यस साधारणसभामा जिल्ला सहकारी संघ लि. , ललितपुरका उपाध्यक्ष रामशरण बस्नेतले राज्यले एकातिर बजारमुखी उदारवादी अर्थतन्त्र अवलम्बन गर्ने अनि अर्कातिर सहकारीलाई जब्बरजस्ती मर्जरमा धकेल्ने नीति आपसमा बाझिएको बताउनु भयो । सहकारीको सिद्धान्त विपरीत सहकारी सन्दर्भ व्याजदर लागू गरिएकोले त्यसको संशोधन गर्नु पर्नेमा उहाँको जोड थियो । त्यसैगरी ललितपुर महानगरपालिकाका सहकारी शाखाका प्रमुख चन्द्रलाल डंगोलले सदस्यहरुप्रति उत्तरदायी भएर सहकारी संघ/संस्थाहरु सञ्चालन हुनुपर्छ भन्नुभयो । सो साधारणसभामा उक्त संस्थाको वार्षिक प्रतवेदन पेश गर्दै सोही साधारणसभाका अध्यक्ष श्रेष्ठले सहकारी नीति , मुल्य र मान्यता अनुरुप आफ्ना सदस्यहरुप्रति उत्तरदायी भई सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गरी मर्यादित ढंगबाट अगाडि बढिरहेको जय भीमसेन बचत तथा ऋण सहकारी संस्था लि. ले सञ्चालनमा ल्याएको पेन्सन बचत वा ३६५ दिने बचत योजनामध्ये आफूलाई उपयुक्त हुने कुनै योजनामा सहभागी भई यसबाट उचित लाभ लिन सदस्यहरुलाई आग्रह गर्दै संस्थाबाट लिएको ऋणको सदुपयोग गर्दै नियमित किस्ता बुझाउने बानीको विकास गर्ने उद्देश्यले चालु आर्थिक वर्षको पहिलो महिनाबाट लागू हुने गरी नियमित र अवधीभित्र मासिक किस्ता तिर्ने ऋणीलिई किस्ता बमोजिम पाकेको व्याजमा १ प्रतिशत व्याज रकम छुट दिइने बताउनुभयो । उहाँले संस्थाका सदस्यहरुलाई व्यवसाय उपयोगी तालिम तथा प्रशिक्षणका साथसाथै उत्प्रेरणा तथा पुनर्ताजकी कार्यक्रम , स्वास्थ्य शिविर , क्षमता अभिबृद्धि तालिम , अवलोकन भ्रमण आदिको आयोजना र सञ्चालक समिति तथा कर्मचारीहरुको  कार्यक्षमता बृद्धि तथा वित्तीय र सहकारी सम्बद्ध ज्ञान अभिबृद्धि गर्न तालिम तथा प्रशिक्षण कार्यक्रम सञ्चालन  गरिने छ भन्नुभयो । आर्थिक वर्ष २०७६/०७७ मा नियम संगत ढंगले मिलेसम्म संस्थाको कार्यक्षेत्र विस्तार गरिने छ भन्दै उहाँले आर्थिक वर्ष २०७५/०७६ मा यस संस्थामा शेयर पूँजी रु.३३,२५,९०० , निक्षेप संकलन रु.८,२५,३७,०९९/१४ , ऋण लगानी रु.८,६४,९४,००९/९६ , कूल मुनाफा रु.११,७०,६३४/९३ र कूल अचल सम्पति रु. ५,३५,६३२/८८ रहेको बताउनु भयो ।

सो संस्थाका प्रवन्धक नितेश महर्जनले

स्वागत गर्नु भएको उक्त साधारणसभामा सोही संस्थाका उत्कृष्ट बचतकर्ताहरु धन गोविन्द महर्जन , जोगमाया शाक्य , सञ्जु बज्राचार्य , सानुकाजी महर्जन , तारा रेग्मी , चन्द्रमान शाक्य , अविशा शाक्य र युविन महर्जनलाई सम्मान गरियो भने बबिता शाक्य , बुद्धरत्न शाक्य , ध्रुव शाक्य , समिता शाक्य र उत्तम शाक्यलाई पुरस्कार तथा प्रमाण- पत्र प्रदान गरिएको थियो । त्यस अवसरमा प्रमुख अतिथि शाक्यलाई सोही संस्थाका अध्यक्ष श्रेष्ठले मायाको चिनो प्रदान गर्नु भएको थियो ।

Leave a Reply