सुवर्णपुर बहुद्देश्यीय सहकारी संस्था लि. र धन्यवाद साकोसको तेस्रो संयुक्त वार्षिक साधारणसभा सम्पन्न , ३ नं. प्रदेश सहकारी संघ लि. तदर्थ समितिका उपाध्यक्ष जगतलाल महर्जन सम्मानित

ललितपुरका २ वटा सहकारी संस्थाहरुको संयुक्त रुपमा २०७६ असोज ४ गते सातदोवाटोस्थित संगम रेष्टुरेण्टमा वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
सातदोवाटो- चापागाउँ मोडमा रहेको सुवर्णपुर बहुउद्देश्यीय सहकारी संस्था लि. र धापाखेलमा रहेको धन्यवाद बचत तथा ऋण सहकारी संस्था लि. को तेस्रो संयुक्त साधारणसभाको नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघ लि. का केन्द्रीय सदस्य तथा बहुउद्देशीय सहकारी संघ लि. , ललितपुरका अध्यक्ष शरदकुमार महर्जनले उद्घाटन गर्नुभयो । उद्घाटन मन्तव्य व्यक्त गर्दै उहाँले बहुउद्देशीय सहकारी संघ/संस्थाहरुलाई राज्यले विभेद गरेको बताउदै बहुउद्देश्यीय सहकारी संघ/संस्थाहरुको विकास र प्रवर्द्धनमा बाधा व्यवधान खडा गर्ने ऐन / नियम संशोधन गर्नु पर्दछ भन्नुभयो ।
सुवर्णपुर बहुउद्देश्यीय सहकारी संस्था लि. का अध्यक्ष दीपेन्द्ररमण डंगोल र धन्यवाद बचत तथा ऋण सहकारी संस्था लि. का अध्यक्ष प्रेमबहादुर श्रेष्ठको संयुक्त अध्यक्षतामा सम्पन्न उक्त साधारणसभालाई सम्बोधन गर्दै ३ नं. प्रदेश सहकारी संघ लि. तदर्थ समितिका उपाध्यक्ष जगतलाल महर्जनले
सहकारीलाई राज्यले राष्ट्रिय अर्थतन्त्रका ३ खम्बा मध्येको तेस्रो खम्बाको रुपमा स्वीकर गरेपनि व्यवहारमा अझै त्यो देखिएको छैन भन्दै सहकारीलाई अरु २ खम्बा जत्तिकै शसक्त बनाउन सहकारी अभियानले दवावमूलक गतिविधि सञ्चालन गर्नु पर्ने बताउनुभयो । त्यसैगरी ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. का सञ्चालक सदस्य नरेन्द्र महर्जनले दुबै सहकारी संस्था सहकारी सिद्धान्त , मुल्य र मान्यतालाई आत्मसाथ गरी राम्रोसँग सञ्चालन भइरहेकोले सदस्यहरुले आफू रहेको संस्थाबाट ढुक्कले भएर सबै कारोवार गरी संस्थालाई बलियो बनाउन सहयोग गर्नु पर्ने आवश्यकता औल्याउनुभयो ।
त्यस साधारणसभामा सुवर्णपुर बहुउद्देश्यीय सहकारी संस्था लि. को वार्षिक प्रतिवेदन पेश गर्दै सो संस्थाका अध्यक्ष दीपेन्द्ररमण डंगोलले सुवर्णपुर बहुउद्देश्यीय सहकारी संस्था लि.ले सदस्यहरुलाई वित्तीय तथा, रेमिट्यान्स सेवा प्रदान गर्नुका साथै विभिन्न सामाजिक कार्यक्रमहरु गरी आर्थिक , सामाजिक तथा सांस्कृतिक रुपमा सदस्यहरुको जीवनस्तर माथि उठाउन प्रयत्न गरिरहेको बताउनुभयो । यस संस्थाले उद्देश्य मिल्ने सहकारी संस्थाहरुसँग अन्तर लगानी सम्बन्ध कायम गर्दै जाने र ललितपुर जिल्लामा रहेका सहकारी संस्थाहरुसँग सहकार्य गरी संस्थाको विकास तथा प्रवर्द्धनको निम्ति चाहिने विभिन्न शिक्षा र तालिमका कार्यक्रमहरु गर्दै जाने योजना रहेको बताउदै उहाँले सहकारीको सिद्धान्तलाई अंगीकार गर्दै समाजप्रतिको उत्तरदायित्वलाई ध्यानमा राखी ५० जनाभन्दा बढी गरिव , असाहाय , अपाङ्ग र जेहेन्दार विद्यार्थीहरुलाई छात्रबृद्धि प्रदान गरी सकेको र यसलाई भविष्यमा पनि निरन्तरता दिइने छ भन्नुभयो । उहाँले यस संस्थाका शेयर सदस्यहरुलाई आयमूलक सीपहरुको तालिम दिने , संस्कृति जगेर्नाको निम्ति र समाज परिवर्तनमा हाम्रो यो संस्था सधै साथ रहने बताउदै यस संस्थामा आर्थिक वर्ष २०७५/०७६ मा शेयर सदस्य ४८१ जना , शेयर पूँजी रु.६३,१८,५०० , बचत संकलन रु.८,८४,४४,१३४ , बचत फिर्ता रु.५,९८,८४,१६३ र कर्जा प्रवाह रु.१,८०,१३,७०८/३८ रहेको बताउनुभयो । त्यसै गरी उक्त साधारणसभामा धन्यवाद बचत तथा ऋण सहकारी संस्था लि.को वार्षिक प्रतिवेदन पेश गर्दै सोही संस्थाका अध्यक्ष प्रेमबहादुर श्रेष्ठले यस संस्थाले आर्थिक , सामाजिक तथा सांस्कृतिक क्षेत्रमा योगदान गर्दै सदस्यहरुको जीवनस्तर उठाउन र स्थानीय कला र संस्कृतिको जगेर्ना र विकासमा सहयोग गरिरहेको छ भन्नुभयो । आर्थिक वर्ष २०७५/०७६ मा यस संस्थामा शेयर पूँजी रु.४१,०३,००० , बचत हिसाव रु.७६,०६,८२१/०३ र कर्जा लगानी रु.५९,६२,७६०/१५ रहेको उहाँको भनाई थियो । सुवर्णपुर बहुउद्देशीय सहकारी संस्था लि. की कर्मचारी अनिता तामाङ दोङले स्वागत मन्तव्य व्यक्त गर्नु भएको सो साधारणसभामा
सुवर्णपुर बहुउद्देश्यीय सहकारी संस्था लि.का उत्कृष्ट मुद्दती बचतकर्ताहरु : धनकुमारी महर्जन , गोपाल महर्जन , विना डंगोल , पञ्च मल्ल , गोकुल डंगोल , दालहेनी शेर्पा र हेरानानी मल्ल तथा वाल बचतकर्ताहरु : प्रवेश महर्जन , जेशिका महर्जन र सोनिया महर्जन र धन्यवाद बचत तथा ऋण सहकारी संस्था लि. का वाल बचतकर्ताहरु : रविना गोले र आयुहाङ्गलाई पुरस्कार प्रदान गरियो । सुवर्णपुर बहुउद्देश्यीय सहकारी सस्था लि. की कर्मचारी चादनी महर्जन अवाले र धन्यवाद बचत तथा ऋण सहकारी संस्था लि. का कर्मचारी सुशान महर्जनले सहजीकरण गरेको उक्त साधारणसभामा हालै ३ नं. प्रदेश सहकारी संघ लि. तदर्थ समितिको उपाध्यक्षमा चयन हुनु भएका ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. का नि:वर्तमान उपाध्यक्ष जगतलाल महर्जनलाई बधाई ज्ञापन गरी कार्यकालको सफलताको कामना गर्दै सम्मान गरिएको थियो । उक्त साधारणसभाका अध्यक्षद्वय डंगोल र श्रेष्ठले प्रमुख अतिथि शरदकुमार महर्जन , विशेष अतिथि जगतलाल महर्जन र अतिथि नरेन्द्र महर्जनलाई मायाको चिनो प्रदान गर्नु भएको थियो ।