सुनौलो आयाम सहकारीको १० औं बार्षिक साधारण सभा

काठमाडौंको नागार्जुन न.पामा रहेको सुनौलो आयाम बचत तथा ऋण सहकारी संस्थाको १० औं बार्षिक साधारण सभा राष्ट्रिय सहकारी बैंकका संचालक ज्ञानबहादुर तामाङको प्रमुख आतिथ्यता तथा संस्थाका अध्यक्ष भवनाथ लम्सालको अध्यक्षतामा यहि असोज ४ गते शनिवार सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा बोल्दै प्रमुख अथिति तामाङले यस सुनौलो आयाम बचत तथा ऋण सहकारी संस्थाले समयमै साधारण सभा सम्पन गरी आफ्नो आर्थिक गतिविधिलाई बलियो बनाउन सफल भएकोमा बधाई ज्ञापन दिएका थिए ।
साथै उनले सहकारी नियमावली र ऐनको विषयमा सरकारसँग छलफल भईरहेको बताउँदै सरकारले लागु गरेको १६ प्रतिशत ब्याजदरमा सहकारी अभियानको चर्को विरोध भईरहेको अवस्थामा त्यसलाई कसरी समाधान गर्न सकिन्छ भन्ने जस्ता विषयहरुलाई लिएर सरकार समक्ष माग भईरहेको समेत जानकारी गराएका थिए ।
संस्थाका अध्यक्ष लम्सालले आर्थिक बर्ष २०७५÷०७६ को बार्षिक प्रतिवेदन पेश गर्दै संस्थाको असार मसान्तसम्मको शेयरपुँजी ३२,१९,१००।– र निक्षेप बचत संकलन १,८९,४२,६७३.९७ रहेको जानकारी गराए । साथै उनले संस्था आज यस अवस्था सम्म आईपुग्नको लागि शेयर सदस्य, बचतकर्ता कर्मचारी सल्लाहकार लगायतको ठूलो सहयोग रहेको बताए ।
संस्थाका कोषाध्यक्ष ओम प्रसाद ढकालले आर्थिक बर्ष २०७५÷०७६ को आर्थिक आय व्यय विवरण पेश गरेका थिए । साथै उनले सहकारी, मुल्य, मान्यता र सिद्धान्तको पालन गरी यो संस्था सदस्यहरुको सेवामा रहेर निरन्तर अगाडि बढिरहेको जानकारी गराएका थिए ।
सो कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष सागर लम्साल अविभावक समाजसेवी हरिप्रसाद लम्साल, नागार्जुन १० की वडा अध्यक्ष इन्दिरा खड्का लागायत विभिन्न संघ– संस्थाहरुका प्रतिनिधिहरुको उपस्तिथि रहेको थियो ।
कार्यक्रमको सहजीकरण संस्थाका व्यवस्थापक अमृत बराइलीले गरेका थिए ।
ंसंस्थाले १० औं बार्षिक साधारण सभाको अवसरमा चण्डिका सुबेदीलाई उत्कृष्ट कर्मचारी सम्मानबाट पुरस्कृत गरिएको थियो ।