शुभकामना साकोसको १९औँ वार्षिक साधारणसभा सम्पन्न , संस्थाको कूल सम्पति रु. १,०१,०३,९९,४२६/६०

भक्तपुरको सुर्यविनायक नगरपालका -६ , सूर्यविनायकमा आफ्नै भवनमा प्रधान कार्यालय र भक्तपुरको नासमनामा पनि आफ्नै भवनमा सदस्य सेवाकेन्द्र रहेको शुभकामना बचत तथा ऋण सहकारी संस्था लि.को आर्थिक वर्ष २०७५/०७६ मा कूल सम्पति रु.१,०१,०३,९९,४२६/६० पुगेको बताइएको छ ।
सो संस्थाको १९औँ वार्षिक साधारणसभा भक्तपुर बैङ्क्वेट हाकुफल्लामा २०७६ भदौ २८ गते सम्पन्न भएको थियो । उक्त साधारणसभाको वरिष्ठ संस्कृतिकर्मी तेजेश्वरबाबु ग्वंगले उद्घाटन गर्दै समुदायमा आधारित रही सदस्यहरुप्रति उत्तरदायी भएर सहकारीको सिद्धान्त , मूल्य र मान्यता बमोजिम सञ्चालन भएको शुभकामना साकोसले सामाजिक , आर्थिक तथा सांस्कृतिक रुपान्तरणमा गर्न योगदान गरेको बताउनुभयो । त्यस अवसरमा जिल्ला सहकारी संघ लि. , भक्तपुरका उपाध्यक्ष केदार खड्का , भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. का उपाध्यक्ष हरि बल , सो संस्थाका प्रमुख सल्लाहकार बालमुकुन्द सुवाल लगायतले यस शुभकामना साकोसले गरिरहेको प्रगतिप्रति खुशी व्यक्त गर्दै थप प्रगतिको कामना गर्नुभयो ।
त्यस साधारणसभामा उक्त संस्थाको वार्षिक प्रतिवेदन पेश गर्दै सोही संस्थाका अध्यक्ष न्हुछे कुमार त्वायनाले यस संस्थाको हालको दृष्टकोण ‘प्रविधियुक्त , सदस्यमैत्री , उत्कृष्ट वित्तीय सहकारी र ध्येयमा गुणस्तरीय , प्रविधिमा आधारित , सरल वित्तीय सेवा एवं क्षमता विकासका कार्यक्रमहरु मार्फत सदस्यहरुको आर्थिक , सामाजिक तथा सास्कृतिक विकास गर्ने’ जुन लक्ष्य लिएको छ , सोही अनुसारको नीति तथा कार्यक्रम समेत तयार गरी विभिन्न रणनीति योजनाहरु बनाई अगाडि बढेको बताउदै अबको आबश्यकता भनेको निरन्तर सदस्यहरुलाई सहकारी शिक्षा , नयाँ -नयाँ प्रविधिको पहुँच , स्वास्थ्य तथा रोजगारीमूलक कार्यको पहुँच पु-याउनुको साथै आर्थिक , सामाजिक तथा सांस्कृतिक विकास गर्नु नै हो भन्नुभयो । सोही साधारणसभामा त्यस संस्थाको आर्थिक वर्ष २०७५/०७६ प्रगति प्रतिवेदन तथा आर्थिक वर्ष २०७६/०७७ प्रस्तावित कार्यक्रम पेश गर्दै उक्त संस्थाकी सचिव निर्मला सुवालले स्वदेश तथा विदेशका कुनै पनि स्थानमा पैसा पठाउन र पाउन सकिने गरी वेष्टर्न यूनियन , प्रभु मनी ट्रान्सफर र आई.एम.ई. गरी ३ वटा रेमिट्यान्स सेवा सञ्चालन गर्दै आएकोमा यस वर्ष हिमाल रेमिट , एन.आई.सी. एसिया रेमिट , आई.एम.ई. पे र ई सेवा गरी ७ वटा रेमिट सेवा प्रदान गरिरहेको बताउनुभयो । उहाँले उपलव्ध आधुनिक प्रविधिलाई अधिकतम सदुपयोग गर्दै लाने संस्थाको लक्ष्य अनुरुप यस संस्थाले हाल आफ्नै आप्स (APPS) सहित २४ घण्टे शुभकामना स्मार्ट बैङ्किङ सेवा सञ्चालनमा ल्याई सकेको छ । जसबाट मोवाइल रिचार्ज , टेलिफोन , विजुली , इन्टरनेट , डिस्होम , नेट टी.भी.लगायतको भुक्तानी तथा फण्ड ट्रान्सफर , मिनी स्टेटमेण्ट लगायत अलर्ट सेवा समेत सञ्चालनमा ल्याएको बताउनु भयो । उक्त साधारणसभामा सोही संस्थाका कोषाध्यक्ष नारायणबहादुर बासुकलाले उक्त सस्थाको आर्थिक प्रतिवेदन पेश गर्दै २०५७ जेष्ठ २४ गते ७५ जना शेयर सदस्यहरुको रु.७,५०,००० शेयर पूँजीबाट स्थापना भएको यस संस्थाको आर्थिक वर्ष २०७५/०७६ मा शेयर पूँजी रु.८,२७,३९,५०० , निक्षेप हिसाव रु.७६,४२,०५,८९०/९३ , जगेडा तथा अन्य कोष रु.११,६९,४६,९०४/१८ , रु.६७,०२,२७,२१८/६२ र कूल नाफा रु.३,५१,५३,९२९/६३ रहेको बताउनुभयो ।
त्यस अवसरमा सो संस्थाका सदस्य तथा कर्मचारीहरु लगायतलाई सम्मान तथा विभिन्न विधामा पुरस्कृत गरिएको थियो ।