नवकान्तिपुर साकोस बत्तीसपुतलीको २२औँ वार्षिक साधारणसभा सम्पन्न , संस्थाको निक्षेप रु.२,१८,१२,१९,१७१ , थप ३ स्थानमा संस्थाको सदस्य सेवाकेन्द्र गरिने

0 Shares

वि.सं. २०५४ सालमा स्थापना भएको नवकान्तिपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २२औं बार्षिक साधारण सभा तथा २२औं वार्षिकोत्सव समारोह २०७६ आश्विन ७ गते राष्ट्रिय सहकारी महासंघ लि.का अध्यक्ष  केशबप्रसाद बडालको प्रमुख आतिथ्यमा धुम्रबराह पार्टी प्यालेस, धुम्बाराही , काठमाण्डौमा सम्पन्न भयो ।  

सो सभामा संस्थाको सञ्चालक समितिको तर्फबाट उक्त संस्थाका अध्यक्ष  शिवप्रसाद सिटौलाले त्यस संस्थाको बार्षिक प्रगति प्रतिवेदन पेश गर्दै आ.ब. २०७५/०७६ को यस संस्थाको कुल निक्षेप रु. रु २ अर्ब १८ करोड १२ लाख ९१ हजार १सय७१ , कर्जा लगानी रु. १ अर्ब ३५ करोड ५१ लाख २९ हजार ४६२ , चुक्ता पूँजी रु. ६ करोड १९ लाख १४ हजार ३ सय , जगेडा तथा अन्य कोषहरु १५ करोड ७८ लाख ५७ हजार ४८० र संस्थाको सञ्चालन बचत(मुनाफा) रु. ५ करोड ९० लाख ५४ हजार २ सय ५६ कायम भएको जानकारी दिनु हुँदै संस्थाले आ.ब. २०७५/०७६ को मुनाफाबाट सदस्यहरुलाई १८ प्रतिशतको दरले लाभांश वितरणको लागि प्रस्ताव गर्नुभयो । उहाँले यस संस्थाले आफ्नो कार्यक्षेत्र विस्तार गर्ने र हालको कार्यक्षेत्र अन्तर्गतका काठमाण्डौ जिल्लाको बुढानिलकण्ठ नगरपालिका , ललितपुर जिल्लाको ईमाडोल , भक्तपुर जिल्लाको सूर्यविनायक नगरपालिकामा सदस्य सेवाकेन्द्र खोल्ने योजना समेत प्रस्तुत गर्नुभयो । सो सभामा सोही संस्थाका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत हरिप्रसाद पाण्डेले स्वागत मन्तब्य व्यक्त गर्नु हुँदै लक्षित क्षेत्रमा छरिएर रहेको अनियन्त्रित पूँजीलाई एकत्रित गर्दै उत्पादनशील क्षेत्रमा लगानी गरेर सहकारी क्षेत्रले देशका न्यून तथा मध्यमवर्गीय समाजमा उल्लेखनीय योगदान पुर्याएको चर्चा गर्नु हुँदै संस्थाले आगामी दिनहरुमा थप प्रगतीको लागि प्रयत्नरत रहने बताउनुभयो ।

सोही सभाका प्रमुख अतिथी तथा राष्ट्रिय सहकारी महासंघ लि.का अध्यक्ष केशवप्रसाद बडालले सो संस्थाको प्रगतिको शुभकामनाको साथमा त्यस संस्थाका अध्यक्षलाई सहकारी सम्बन्धी पुस्तक हस्तान्तरण गर्नुभयो । उहाँले सहकारी संस्था सदस्यहरुको स्वायत्त संस्था भएकोले यसको विकास र नियमनको लागि यसका सदस्यहरुले नै सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।

त्यस साधारणसभामा संस्थाका सदस्यहरुले संस्थाले सदस्यहरुको हितमा गर्नुपर्ने कार्यहरुको सम्बन्धमा आ–आफ्नो राय सुझाव प्रश्तुत गर्नुभएको थियो ।

त्यस अवसरमा संस्थाले  ज्येष्ठ सदस्यहरु : माकुरी मिजार , विष्णुलाल कायस्थ र सूर्यबहादुर विमलीलाई रु. १०,००१ नगद सहित नवकान्तिपुर ज्येष्ठ सदस्य सम्मान- २०७६ बाट सम्मानित गर्नुका साथै २०७५ सालको एस.ई.ई. परीक्षामा उत्कृष्ठ अंक हासिल गर्नुभएका ११ जना सदस्यका छोराछोरीहरु जीवन श्रेष्ठ , दीर्घमान श्रेष्ठ , मन्दिरा सुवेदी , रीताकुमारी घिमिरे , प्रमिशा खरेल , दुर्गाकुमारी पोखरेल , सञ्जु भण्डारी , लक्ष्मण भण्डारी , अञ्जली खत्री , यनुराज खत्री , सुस्मिता खड्का , बुडीदेवी खड्का , विशाल ढकाल , विश्वनाथ ढकाल , बर्षात खकुरेल , भीमप्रसाद खकुरेल , रुविन्स सापकोटा , रामकुमारी पराजुली , मनीष रोक्का , रोहिणीबहादुर खड्का , सुमित नराल र लवराज नराललाई रु १०,००१ नगद पुरस्कार सहित नवकान्तिपुर एस.ई.ई. सम्मान २०७६ बाट सम्मानित गरियो । १५ बर्ष संस्थामा निरन्तर कार्य गरिरहनु भएका कर्मचारी टुकुमाया गाहालाई रु. ७५,००१÷ नगद पुरस्कार सहित दीर्घसेवा पदक- २०७६ बाट पुरस्कृत गरिएको सो संस्थाका प्रवन्धक मनोजकुमार सेढाईले बताउनु भयो ।

केही समय अगाडि सो संस्था बहुउद्देश्यीयबाट बचत तथा ऋण सहकारी संस्थामा रुपान्तरण भएको हो ।

 

Leave a Reply