सदस्य सेवाकेन्द्र विस्तार गर्दै महिला प्रयास साकोस
काठमाडौंको धुम्बाराही पीपलबोटमा प्रधान कार्यालय र कपनमा सदस्य सेवाकेन्द्र सञ्चालनमा रहेको महिला प्रयास बचत तथा ऋण सहकारी संस्था लि. ले निकट भविष्य मै काठमाडौंको जोरपाटीमा सदस्य सेवाकेन्द्र विस्तार गर्ने जनाएको छ । ‘यतिबेला जोरपाटीमा यस संस्थाको सदस्य सेवाकेन्द्रको संरचना निर्माण कार्य भइरहेको छ र आउदो दशैं अगावै त्यहाँ सदस्य सेवाकेन्द्रको उद्घाटन गर्ने तयारी भइरहेको छ’ सो संस्थाका एक कर्मचारीले सहकारी सञ्जाललाई बताउनुभयो ।
उक्त संस्थामा आर्थिक वर्ष २०७५/०७६ मा शेयर सदस्य संख्या २,७५५ , शेयर रकम रु.२,६३,६५,४७० , बचत रु.२५,२९,२९,०४२ र ऋण लगानी रु.२३,७२,१२,५९५ रहेको बताइएको छ ।
सो संस्थाको २०७६ भदौ ७ गते धुम्रबराह पार्टी प्यालेस , धुम्बाराहीमा सम्पन्न २२ औँ वार्षिक साधारणसभाले विनिता अधिकारीलाई उक्त संस्थाको सञ्चालक समितिको अध्यक्षमा पुन: चयन गरेको थियो ।
