शैक्षिक विकृति तथा महङ्गी नियन्त्रण गर्न सरकारलाई ८ विद्यार्थी संगठनको माग
मुलुकका ८ विद्यार्थी संगठनले शैक्षिक क्षेत्रमा देखिएको विकृति तथा विसंगतिको अन्त र महङ्गी नियन्त्रण गर्न माग गरेका छन् । अखिल (पाँचौँ) को केन्द्रीय कार्यालय रातोपुल , काठमाडौंमा बसेको उनीहरुको बैठकले गरेको निर्णय सार्वजनिक गर्दै उनीहरूले सरकार तथा सम्बन्धित सरोकारवाला पक्षले सम्बन्धित क्षेत्रका समस्या अविलम्व समाधान नगरे कडा आन्दोलनमा उत्रने चेतावनी दिएको अखिल नेपाल विद्यार्थी यूनियनका प्रमुख प्रवीण मिश्रले सहकारी सञ्जाललाई बताउनुभयो ।

