भारतद्वारा मिचिएको नेपाली भूमि अविलम्व फिर्ता नगरिए कडा आन्दोलन गर्ने संयुक्त वि

0 Shares

भारतद्वारा एक पक्षीय रुपमा नेपाली भूमि मिचिएको विरोधमा देशभक्त नेपालीहरुद्वारा देशव्यापी विरोध भइरहेको छ । यसैक्रमा आन्दोलनरत संयुक्त विद्यार्थी संगठनले आज एक प्रेस विज्ञप्ति प्रकाशित  गरी भारतद्वारा मिचिएको  नेपाली भूमि  अविलम्व फिर्ता गर्न माग गरेका छन् । ९ विद्यार्थी संगठनले आज जारी गरेको संयुक्त विज्ञप्तिमा भारतले नेपाली भूमि मिचेर एक पक्षीय रुपमा जारी गरेको नयाँ नक्साको विरोधमा भएका विरोध कार्यक्रमका क्रममा विप्लव नेतृत्वको नेकपा निकट अखिल(क्रान्तिकारी) , नेकपा (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारी) तथा नेपाल विद्यार्थी संघका नेताहरुलाई प्रहरीले गरेको पक्राउको भत्सर्ना गर्दै अविलम्व गिरफ्तार गरिएका सबै विद्यार्थी नेता कार्यकर्ताको रिहाई र भारतद्वारा मिचिएको नेपाली भूमि फिर्ता गर्न माग गरेका छन् । यदी सरकारले संयुक्त विद्यार्थी संगठनको माग वेवास्ता गरे तपाईहरु के गर्नु हुन्छ भन्ने सहकारी सञ्जालको जिज्ञाशाको जवाफ दिदै आन्दोलनरत संयुक्त विद्यार्थी संगठनको एक घटक अखिल नेपाल विद्यार्थी यूनियनका प्रमुख प्रवीण मिश्रले यदी संयुक्त विद्यार्थी संगठनको माग सरकारले तत्काल सम्बोधन गरेन भने कडा संघर्षमा उत्रने बताउनुभयो ।

Leave a Reply