लोहकिल्थली सहकारी संस्था लि. को ११औँ वार्षिक साधारणसभा सम्पन्न , स्थानीय तह र सहकारी संस्थाहरु वीच समन्वय र सहकार्यको अभाव देखिएको छ : केदार खड्का

0 Shares

जिल्ला सहकारी संघ लि. , भक्तपुरका उपाध्यक्ष समेत रहनु भएका भक्तपुरको मध्यपुर थिमि नगरपालिका -१ , लोहकिल्थलीस्थित लोहकिल्थली सहकारी संस्था लि. का अध्यक्ष केदार खड्काले सहकारीलाई स्थानीय तह अन्तर्गत राखेपछि सहकारी क्षेत्रमा थप चुनौतिहरु आएको बताउदै स्थानीय तह र सहकारी संस्थाहरु वीच समन्वय र सहकार्यको अभाव देखिएको बताउनु भएको छ । २०७६ असोज ४ गते लोहकिल्थलीमा रहेको निर्मल व्याङ्क्वेटमा सम्पन्न लोहकिल्थली सहकारी संस्था लि. को ११औँ वार्षिक साधारणसभाको अध्यक्षता ग्रहण गर्दै उहाँले सो कुरा बताउनु भएको थियो । मध्यपुर थिमि नगरपालिकाकी उप-मेयर अञ्जनादेवी मधिकर्मीले सो साधारणसभाको उद्घाटन गर्दै यस ‘लोहकिल्थली सहकारी संस्था लि.’ सहकारीको सिद्धान्त , मूल्य र मान्यतालाई आत्मसाथ गरी आफ्ना सदस्यहरुलाई वित्तीय लगायत सेवा प्रदान गर्दै सामाजिक क्रियाकलाप गरेर प्रगतिको बाटोमा अगाडि बढिरहेको देख्ता खुशी लागेको बताउनुभयो । उहाँले मध्यपुर थिमि नगरपालिका भित्र सञ्चालनमा रहेका सहकारी संस्थाहरुको विकास र प्रवर्द्धनमा मध्यपुर थिमि नगरपालिकाको साथ र सहयोग रहने छ भन्नुभयो । त्यस अवसरमा जिल्ला सहकारी संघ लि. , भक्तपुरका सञ्चालक वीरेन्द्र प्रधानाङ्ग , श्री जनप्रेमी आधारभूत विद्यालय , कौसलटारकी निमित्त प्रधानाध्यापक सावित्री अर्यालले शुभकामना मन्तव्य व्यक्त गर्दै सो संस्थाको प्रगतिको कामना गर्नुभयो । त्यस सभाका अध्यक्ष केदार खड्काले  सो संस्थाको वार्षिक प्रतिवेदन पेश गर्दै लोहकिल्थली सहकारी संस्था लि. पुरानो संस्था भएतापनि पुन: सञ्चालनमा आएको १० वर्ष पनि भएको छैन तर छोटो समयमा नै यस संस्थाले सदस्यहरुको माया , ममता र विश्वासले गर्दा नै दिनप्रतिदिन प्रगति गरिरहेको छ भन्नुभयो । यस संस्थाले नेपाल टेलिकमको Land line(PSTN) , ADSL Internet तथा नेपाल विद्युत प्राधिकरणको बिल भुक्तानी सेवा उपलब्ध गराउने गरेको , Ncell , NTC , Dishhome , Broadlink , Smart Cell को रिचार्ज सेवा उपलव्ध गराई रहेको , मुद्धती खातामा रकम जम्मा गर्ने सदस्यको १ लाख रकम बराबरको दुर्घटना वीमा संस्थाले गर्ने व्यवस्था गर्नुका साथै यस संस्थाका शेयर सदस्यका छोराछोरीमध्ये  एस.ई.ई. परीक्षामा प्राप्त अधिक अंकको आधारमा एक जना छात्रा र एक जना छात्रलाई नगद पुरस्कार तथा प्रमाण-पत्रको व्यवस्था गरिएको उहाँको भनाई थियो । उहाँले यस संस्थामा आर्थिक वर्ष २०७५/०७६ मा ६४१ जना पुरुष र ५६१ जना महिला गरी १,२०२ जना शेयर सदस्य , रु.१,१८,०४,५०० शेयर पूँजी , रु. ८,२८,२६,७७२/२० बचत , रु.८,०७,६९,६२० ऋण लगानी रहेको बताउनु भएको थियो ।

त्यस संस्थाका उपाध्यक्ष यशोदाकुमारी काफ्ले आचार्यले स्वागत मन्तव्य र सञ्चालक सदस्य गोकुल शर्माले सञ्चालन गरेको उक्त सभामा सोही संस्थाका उत्कृष्ट शेयर सदस्य : परशुराम नेपाल , उत्कृष्ट बचतकर्ता : सन्देश थोकर र दुर्गा थापा , नियमित बचतकर्ता : बद्रीबहादुर खड्का र रमेश पटेल र उत्कृष्ट ऋणी : सानुबाबु मिजार , उद्धवप्रसाद हुमागाई , मंगलमान रञ्जितकार , कृष्णबहादुर बुढाथोकी , रमा श्रेष्ठ र दिनेशकुमार सिजापतीलाई सम्मान गरियो । त्यसैगरी शेयर सदस्यहरुका छोराछोरीहरु मध्ये २०७५ सालको एस.ई.ई. परीक्षामा उत्कृष्ट जी.पी.ए. प्राप्त गरी उत्तीर्ण कृपेश पौडेल , नितिशा बजगाई , सावित्री श्रेष्ठ , ईशा सिजापती सम्मान गर्नुका साथै ती ४ जना विद्यार्थीहरुमध्ये सबैभन्दा बढी जी.पी.ए. ल्याई उत्तीर्ण हुने कृपेश पौडेल र ईशा सिजापतीलाई नगद पुरस्कार तथा प्रमाण-पत्र प्रदान गरिएको थियो । त्यस्तै सो संस्थाका भूतपूर्व उपाध्यक्ष स्व. अर्जुन खड्का स्मृति अक्षय कोष छात्रवृत्ति मध्यपुर थिमि नगरपालिका -३ , कौसलटारमा रहेको जनप्रेमी आधारभूत विद्यालयका गरिव / जेहेन्दार विद्यार्थीहरु : रेहान अन्सारी , कक्षा -३ , सचिन बस्नेत ,कक्षा – ४ , मायाँ शेर्पा , कक्षा-५ र  विमल मगर , कक्षा -३ लाई विद्यालय पोशाक , शैक्षिक सामाग्री , झोला र रु.१००० पुरस्कार प्रदान गरियो भने उक्त जनप्रेमी आधारभूत विद्यालयलाई कदर-पत्र प्रदान गरिएको थियो ।

सोही संस्था प्रवन्धक मनोज कार्की लगायतका कर्मचारीहरुले व्यवस्थापन गरेको त्यस सभामा अध्यक्ष खड्काले प्रमुख अतिथि मधिकर्मीलाई मायाको चिनो प्रदान गर्नु भएको थियो ।

Leave a Reply