झरना साकोसको ७ औँ वार्षिक साधारणसभा सम्पन्न

0 Shares

मध्यपुर थिमि नगरपालिका -४ , शंखधर चोकमा रहेको झरना बचत तथा ऋण सहकारी संस्था लि. को ७औँ बार्षिक साधारणसभा सम्पन्न भयो । २०७६ असोज ११ गते शंखधर पार्टी प्यालेस , शंखधर चोकमा  सोही संस्थाका अध्यक्ष ईश्वरमान श्रेष्ठको अध्यक्षतामा सो साधारणसभा सम्पन्न भएको थियो । त्यस अवसरमा सोही सभाका अध्यक्ष श्रेष्ठले सो संस्थाको वार्षिक प्रतिवेदन पेश गर्दै ‘उद्यमशीलताको लागि बचत गर्ने बानी बसालौँ’ भन्ने मूल नाराका साथ सहकारी मूल्य , मान्यता र सिद्धान्तलाई आत्मसाथ गर्दै स्थानीय स्तरमा छरिएर रहेको स-साना पूँजीलाई विभिन्न बचत योजनाको माध्यमबाट एकत्रित गर्दै सदस्य महानुभावहरुको आर्थिक जीवनस्तर अभिबृद्धि गर्ने उद्देश्य तथा सदस्यहरु कै माग अनुसार विभिन्न उत्पादनमूलक , सेवामूलक , कृषि क्षेत्र , व्यापारिक क्षेत्र  तथा अन्य विभीध क्षेत्रमा लगानी गरी सहयोग पु-याउने उद्देश्यले ७ वर्ष अगाडि स्थापना भएको झरना बचत तथा ऋण सहकारी संस्था लि. सदस्यहरुप्रति केन्द्रित रही वित्तीय कारोवार तथा सामाजिक क्रियाकलापहरु गर्दै क्रमिक रुपमा प्रगतिपथमा अगाडि बढिरहेको छ भन्नुभयो । त्यस अवसरमा सोही संस्थाका कोषाध्यक्ष ज्ञानशंकर श्रेष्ठले  पेश गर्नु भएको आर्थिक प्रतिवेदनमा सो संस्थामा आर्थिक वर्ष २०७५/०७६ मा ३५० जना पुरुष , २६१ जना महिला र १० संस्थागत गरी ६२१ शेयर सदस्य , रु. १,१२,३४,६०० शेयर पूँजी रु. , ९,२८,५८,९८४/७२ निक्षेप र रु.९,३१,८४,०५७/५६ कर्जा लगानी रहेको उल्लेख छ । उक्त अवसरमा सो संस्थाका सदस्य तथा कर्मचारीलाई लगायतलाई विभिन्न विधामा पुरस्कृत गरिएको थियो ।

Leave a Reply