२९औँ अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा जनता साकोस , चित्रपुरको आयोजनामा १४० जना जेष्ठ नागरिक सदस्यहरु सम्मानित
भक्तपुरको सूर्यविनायक नगरपालिका – ४ , दधिकोट चित्रपुरमा रहेको जनता बचत तथा ऋण सहकारी संस्था लि.को आयोजनामा सोही संस्थाका अध्यक्ष राजेशकुमार राजथलाको अध्यक्षतामा 
उक्त संस्थाको सभाकक्षमा २०७६ असोज १५ गते २०७६ सालको बिजया दशमी , शुभ दिपावली र छठ तथा नेपाल सम्बत ११४० न्हु दँ को उपलक्ष्यमा शुभकामना अादान प्रदान तथा अा.ब.२०७५/७६ को खुद नाफाबाट छुट्याएको कर्मचारी बोनश कोषको रकम कर्मचारीलाई बितरण कार्यक्रम सम्पन्न भयो ।त्यसैगरी सोही संस्थाको आयोआमा २०७६ असोज १४ गते (१ अक्टोबर २०१९) २९ अौं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा शंखधर पार्टी प्यालेस , शंखधर चोक थिमिमा जेष्ठ नागरिक सदस्य सम्मान कार्यक्रम सम्पन्न भयो । नेफ्स्कूनका भूतपूर्व अध्यक्ष कैलाशभक्त प्रधानाङ्गको प्रमुख आतिथ्यता , नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्गको विशिष्ट आतिथ्यता तथा मानव सेवा घरका सुमी मानवको आतिथ्यता तथा उक्त संस्थाका भएको सो कार्यक्रममा राष्ट्रका सम्पूर्ण ज्येष्ठ नागरिकहरूको शान्त, सुखी, स्वस्थ र सम्मानित जीवनको लागि हार्दिक शुभकामना व्यक्त गर्दे सो संस्थाका ६० वर्ष उमेर माथिका १४० जना ज्येष्ठ नागरिक सदस्यहरुलाई सम्मान गरी धार्मिक परिवहन खर्च तथा सामाग्री वितरण गरियो । सोही अवसरमा नेपाल बिद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्गलाई उज्यालो नेपालका अब्बल ब्यक्तित्वको रुपमा नागरिक अभिनन्दन गरियो । उक्त कार्यक्रममा बिशिस्ट अतिथिबाट मानव सेवाघरलाई १ थान हट एण्ड कोल्ड वाटर डिस्पेञ्जर समेत प्रदान समेत गरिएको थियो ।




