मध्यपुर थिमि साकोसको १२औँ वार्षिक साधारणसभा सम्पन्न , संस्थाको बचत तथा निक्षेप रु.८,६१,५०,५७१/१२

भक्तपुरको मध्यपुर थिमि नगरपालिका -४ , शंखधरचोक , थिमिमा सञ्चालन भइरहेको मध्यपुर थिमि बचत तथा ऋण सहकारी संस्था लि. को १२औँ वार्षिक साधारणसभा ३ नं. प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री सालिकराम जम्मरकट्टेलको प्रमुख आतिथ्यता र सोही संस्थाका अध्यक्ष कृष्णकाजी मानन्धरको अध्यक्षतामा २०७६ कसोज १२ गते यचु पार्टी भेन्यु , शंखधरचोकमा सम्पन्न भयो ।
सो साधारणसभाको उद्घाटनगर्दै प्रमुख अतिथि जम्मरकट्टेलले स्थानीय समुदायमा आधारित यस मध्यपुर थिमि साकोसको वार्षिक प्रतिवेदनमा उल्लेखित सूचांक हेर्दा यो संस्था ऐन / नियमलाई पालना गर्दै सदस्यहरुप्रति उत्तरदायी भई राम्रो गतिमा सञ्चालन भएको देखिएकोले सदस्यहरुले निर्धक्क भएर यस संस्थामा कारोवार गर्नुहोस् भन्नुभयो । उहाँले ३ नं. प्रदेश सरकार सहकारीको विकास र प्रवर्द्धनका दिशामा अगाडि बढिरहेको बताउनुभयो ।
त्यस सभाका अध्यक्ष मानन्धरले सो संस्थाको वार्षिक प्रतिवेदन पेश गर्दै मध्यपुर थिमि बचत तथा ऋण सहकारी संस्था लि. सहकारीको सिद्धान्त , मर्म र भावना अनुरुप सामाजिक उत्तरदायित्वका क्रियाकलापहरु गर्दै सामाजिक , आर्थिक तथा सांस्कृतिक रुपमा सदस्यहरुको जीवनस्तर माथि उठाउने उद्देश्यले सञ्चालन भइरहेको बताउनुभयो । १२ वर्ष अगाडि स्थापन भएको यस संस्थामा २०७६ असार मसान्तसम्म महिला ७३० जना र पुरुष ४३२ जना गरी शेयर सदस्य १,१६२ जना रहेको उहाँको भनाई थियो । उहाँले सहकारीलाई अझ बढी प्रभावकारी बनाउन कर्मचारीलाई आवश्यकता प्रोत्साहनमूलक कार्यक्रमहरु सञ्चालन गरेका छौं र कर्मचारीको क्षमता अभिबृद्धि गर्ने उद्देश्यबाट प्रेरित हुँदै वित्तीय व्यवस्थापन , कार्यालय सञ्चालन तथा बजार व्यवस्थापन सम्बन्धी तालिममा सहभागी गरिएको बताउदै यही आर्थिक वर्षमा संस्थाभित्रको आर्थिक कारोवार बृद्धि र सहज बनाउन चेक प्रिन्टर , मोवाइल बैंकिङ्ग लगायतका सेवा विस्तार गरेर बचत शीर्षक मध्ये पेन्सन बचत , लखपति , उच्च शिक्षा अध्ययन बचत खाता सञ्चालन ल्याएका छौं भन्नुभयो । त्यसैगरी सोही संस्थाका कोषाध्यक्ष प्रेमसुन्दर श्रेष्ठले त्यस संस्थाको आर्थिक प्रतिवेदन पेश गर्दै यस संस्थाले विभिन्न किसिमका बचत योजना सञ्चालन गरिरहेको बताउदै सदस्यहरुको सुविधिका लागि डिजिटल तथा स्मार्ट प्रविधि अन्तर्गत M-Banking System बाट सहज रुपमा आफ्नै मोवाइल फोन प्रयोग गरी संस्थाको सेवा सुविधा सञ्चालन गर्न सकिने जानकारी गराउनुभयो । उहाँले यस संस्थामा आर्थिक वर्ष २०७५/०७६ मा शेयर पूँजी रु.७५,६५,८०० , बचत तथा निक्षेप रु८,६१,५०५७१/१२ र ऋण लगानी रु.७,७०,३०,२७४ रहेकोमा आर्थिक वर्ष २०७६/०७७ मा शेयर सदस्य २,००० जना , शेयर पूँजी रु.१,२०,००,००० , बचत तथा निक्षेप ११,५०,००,००० र ऋण लगानी रु.११,००,००,००० पु-याउने लक्ष्य रहेको बताउनुभयो । त्यस अवसरमा सो संस्थाका विभिन्न विधामा उत्कृष्ट सदस्य तथा कर्मचारी लगायतलाई सम्मान गरिएको थियो भने सभाका अध्यक्ष मानन्धरले
प्रमुख अतिथि जम्मरकट्टेललाई मायाको चिनो प्रदान गर्नु थियो ।