मध्यपुर साकोस , गट्ठाघरको १९औँ वार्षिक साधारणसभा सम्पन्न , कर्जा हिसाव रु.१०,३६,२०,१७४/६५ , संस्थाले कर्मचारीलाई सुविधा कर्जाको व्यवस्था गर्ने

0 Shares

भक्तपुरको मध्युपर थिमि नगरपालिका -३ , गट्ठाघरमा रहेको मध्यपुर बचत तथा ऋण सहकारी संस्था लि. को १९ औँ वार्षिक साधारणसभा मध्यपुर थिमि नगरपालिकाकी उप-मेयर अञ्जनादेवी मधिकर्मीको प्रमुख आतिथ्यता र सोही संस्थाका अध्यक्ष महेश्वरमान श्रेष्ठको अध्यक्षतामा २०७६ असोज ११ गते प्राविधिक प्रशिक्षण प्रतिष्ठान , सानोठिमी , भक्तपुरमा सम्पन्न भयो । त्यस अवसरमा प्रमुख अतिथि मधिकर्मीले सो साधारणसभाको उद्घाटन गर्दै यो मध्यपुर बचत तथा ऋण सहकारी संस्था लि. सामाजिक क्रियाकलाप तथा स्थानीय कला , संस्कृतिको विकास र संरक्षणमा सहयोग गर्दै र सदस्यहरुलाई वित्तीय सेवा प्रदान गरी  प्रगतिको बाटोमा अगाडि बढिरहेको देखिएको बताउनु भयो । उहाँले मध्यपुर थिमि नगरपालिकाले महिला शसक्तिकरणका कार्यक्रम अगाडि बढाई रहेको बताउदै यस संस्थाले पनि महिला शक्तिकरण तथा सदस्यहरुको आर्थिक तथा सामाजिक जीवन स्तर उकास्ने कार्यक्रम अगाडि बढाउनु पर्नेमा जोड दिनुभयो ।

सो सभाका अध्यक्ष श्रेष्ठले त्यस संस्थाको वार्षिक प्रतिवेदन पेश गर्दै १९ वर्ष अगाडि स्थापना भएको यस मध्यपुर बचत तथा ऋण सहकारी संस्था लि. स्थानीय कला र संस्कृतिको विकास र संरक्षणमा सहयोग गरी सामाजिक उत्तरदायित्वका क्रियाकलाप गर्दै सदस्यहरुको जीवनस्तर माथि उठाउने लक्ष्यका साथ अगाडि बढिरहेको छ भन्नुभयो । उहाँले क्रमिक रुपमा प्रगति गर्दै अगाडि बढिरहेको यस संस्थाले खर्चमा मितव्ययिता , कर्मचारीहरुको वृत्ति विकासका लागि समय सापेक्ष तालिमको व्यवस्था गर्ने र कर्मचारीहरुलाई कामप्रति उत्प्रेरित गर्न आवश्यक नीति बनाई उनीहरुलाई सुविधा कर्जाको व्यवस्था गरिनेछ भन्दै सामाजिक उत्तरदायित्व समेत बहन गर्न समुदायमा आधारित सामुदायिक भवन , पाटी पौवा निर्माण तथा संस्कृतिको संरक्षण गर्ने कार्यमा यस संस्थाले आफ्नोआर्थिक क्षमता अनुसार सहयोग गर्ने र संस्थाको वार्षिकोत्सवमा गर्दै आएको रक्तदान , असाहाय , बृद्ध / बृद्धालाई खाद्यन्न वितरण जस्ता कार्यक्रमलाइ निरन्तरता दिइने बताउनुभयो । त्यस सभामा उक्त संस्थाको आर्थिक प्रतिवेदन पेश गर्दै सोही संस्थाका कोषाध्यक्ष श्रीराम श्रेष्ठले यस संस्थामा आर्थिक वर्ष २०७५/०७६ मा शेयर पूँजी रु.१,३०,७७,६०० , निक्षेप हिसाव रु.८,७९,९८८५१/२९ , कर्जा हिसाव रु.१०,३६,२०,१७४/६५ र खुद बचत रु.३२,१०,९८७/७५ रहेको र आर्थिक वर्ष २०७६/०७७ मा शेयर पूँजी रु.१,४०,००,००० , निक्षेप हिसाव रु.१०,००,००,००० , कर्जा हिसाव रु.१५,००,००,००० र खुद बचत रु.४९,६१,२७५ पु-याउने लक्ष्य रहेको बताउनु भयो । त्यस अवसरमा विभिन्न विधामा उत्कृष्ट सो संस्थाका शेयर सदस्य तथा कर्मचारीहरुलाई सम्मान तथा पुरस्कृत गरिएको थियो भने सो सभाका अध्यक्ष श्रेष्ठले प्रमुख अतिथि मधिकर्मीलाई मायाको चिनो प्रदान गर्नु भएको थियो ।

Leave a Reply