थिमि स्वावलम्बन साकोस , चपाचोको १२औँ वार्षिक साधारणसभा सम्पन्न , संस्थाको निक्षेप रु.३४,४३,०४,३२२

0 Shares

भक्तपुरको मध्यपुर थिमि नगरपालिका -६ , चपाचोमा रहेको थिमि स्वावलम्बन  बचत तथा ऋण सहकारी संस्था लि. को १२औँ वार्षिक साधारणसभा भूतपूर्व उद्योगमन्त्री तथा भक्तपुर क्षेत्रं. नं. २ का प्रतिनिधिसभा सदस्य महेश बस्नेतको प्रमुख आतिथ्यता र सो संस्थाका अध्यक्ष चन्द्रकृष्ण प्रजापतीको अध्यक्षतामा २०७६ असोज ११ गते न्यू एभरेष्ट पार्टी प्यालेस  , कमेरोटार , बखाहा बजारमा सम्पन्न भयो

। उक्त साधारणसभाको उद्घाटन गर्दै प्रमुख अतिथि बस्नेतले स्थानीय समुदायमा आधारित रहेर सञ्चालन भइरहेको यस थिमि स्वावलम्बन साकोस राम्रोसँग अगाडि बढेको देखिएको भन्दै प्रशंसा व्यक्त गर्नुभयो । उहाँले भक्तपुरमा धेरै सार्वजनिक जग्गा हिजो पहुँचमा रहेका व्यक्तिहरुले व्यक्तिको नाममा दर्ता गरेको पाइएकोले त्यो दर्ता खारेज गरिने बताउनुभयो । सो अवसरमा शुभ-कामना मन्तव्य व्यक्त गर्दै मध्यपूर थिमि नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष इन्द्रबहादुर प्रजापती , महानगरीय वृत थिमिका प्रमुख शान्तिराज कोइराला , भक्तपु जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का कोषाध्यक्ष काञ्छाभक्त घजु , विनायक शिक्षा निकेतन सेकेण्डरी स्कुलका प्रिन्सिपल सुरेन्द्र विक्रम प्रजापतीले सो संस्थाको प्रगतिको कामना गर्नुभयो । त्यस सभाका अध्यक्ष प्रजापतिले सो संस्थाको वार्षिक प्रतिवेदन पेश गर्दै हाम्रो समुदायको आर्थिक , सामाजिक तथा सामुदायिक विकासप्रति अग्रसर चचाचो स्वावलम्बन समूह एवं स्थानीय जुझारु महिलाहरुको सक्रियतामा स्थापित तत्कालीन स्वावलम्बन महिला बचत महिला समूह हालको थिमि स्वावलम्बन बचत तथा ऋण संस्था लि.  १२औँ वार्षिक साधारणसभा सम्पन्न भइरहँदा यो १२ वर्षको अन्तरालमा संस्थाले विभिन्न आरोह अवरोह तथा कठिनाई सफलतापूर्वक पार गरी थिमि स्वावलम्बन साकोस हाम्रो समुदायको उत्कृष्ट सहकारी हुन सफल भएको छ भन्नुभयो । त्यस अवसरमा सोही संस्थाका सचिव दिलकृष्ण प्रजापतीले संस्थाको आर्थिक वर्ष २०७५/०७६ को प्रगति प्रतिवेदन तथा भावी कार्यक्रमहरु पेश गर्दै झण्डै १२ वर्ष अगाडि ‘बचतले हाम्रो भविष्य सुखी बनाउछ ‘ भन्ने मूल मन्त्रद्वारा आपसी हित अभिबृद्धि गर्ने उद्देश्यले स्थापना भएको यो संस्था आज सदस्यहरु र हाम्रो समुदायको उत्कृष्ट सहकारी संस्थाको रुपमा स्थापित भएको बताउदै २०७६असार मसान्तसम्म यस संस्थामा १,१३४ जना महिला , ७९७ जना पुरुष र संस्थागत ३ वटा गरी शेयर सदस्य १,९३४  पुगेको बताउनुभयो । त्यस अवसरमा उक्त संस्थाको आर्थिक प्रतिवेदन पेश गर्दै सो संस्थाका कोषाध्यक्ष कृष्णबहादुर प्रजापतीदले सहकारी व्यवसाय निजी व्यवसायभन्दा फरक भएकोले यसको नाफा निजी व्यवसायीले आफूलाई चाहिएको रकम चाहेको समयमा बाँडफाँड गरेर लिए जस्तो सहकारीमा  लिन पाइदैन किनभने सहकारीको संस्थागत पद्दति निजीको भन्दा फरक हुने र सहकारीमा सम्पूर्ण सदस्यहरु आफै मालिक र आफै ग्राहक हुन्छन भन्नुभयो । उहाले यस संस्थामा आर्थिक वर्ष २०७५/०७६ मा शेयर पूँजी रु. ३ ,००,२३,१०० , निक्षेप रु.३४,४३,०४,३२२ र ऋण लगानी रु.२७,८७,८०,८८४ रहेको र आर्थिक वर्ष २०७६/०७७ मा शेयर पूँजी रु.३,५०,००,००० , निक्षेप संकलन रु.३९,००,००,००० र ऋण लगानी रु.३२,००,००,००० पु-याउने लक्ष्य रहेको बतानुभयो । सोही संस्थाका उपाध्यक्ष जगतकृष्ण प्रजापतीले स्वागत मन्तव्य व्यक्त गर्नु भएको त्यस सभामा डा. राजेश प्रजापती र डा.नवराज अधिकारीलाई सम्मान गरियो भने स्थानीय कला संस्कृतिको उत्थान तथा जगेर्ना गर्ने उद्देश्यले विगत केही वर्षदेखि स्थानीय स्तरमा सांस्कृतिक क्षेत्रमा अग्रणी भूमिका निर्वाह गरी कला तथा संस्कृतिको विकासमा गरिरहेको योगदानको उच्च मुल्यांकन गर्दै श्री चपाचो बासुरी खल: चपाचोलाई रु.१०,००० सहयोग प्रदान गरिएको थियो । मध्यपुर थिमि नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष अमृतमान श्रेष्ठ , विभिन्न सहकारी संस्थाहरुका अध्यक्ष तथा प्रतिनिधि एवं समाजका विभिन्न क्षेत्रका व्यक्तित्वहरुको उपस्थिति रहेको सो सभाका अध्यक्ष प्रजापतीले प्रमुख अतिथि बस्नेतलाई मायाको चिनो प्रदान गर्नु भएको थियो । नेवारी संस्कृतिको समेत प्रदर्शन समेत गरिएको त्यस साधारणसभामा सदस्यहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

Leave a Reply