अभ्युदय साकोसको ९औँ वार्षिक साधारणसभा सम्पन्न , संस्थाको निक्षेप रु.२०,१० १९,१७१

0 Shares

भक्तपुरको सूर्यविनायक नगरपालिका -२ , बालकोट बसपार्कमा रहेको अभ्युदय बचत तथा  ऋण सहकारी संस्था लि. को ९औँ वार्षिक साधारणसभा नेफ्स्कूनका भूतपूर्व अध्यक्ष तथा सहकारी अभियान्ता कैलाशभक्त प्रधानाङ्गको प्रमुख आतिथ्यता र सो संस्थाका अध्यक्ष विक्रम श्रेष्ठको अध्यक्षतामा २०७६ असोज ११ गते  सम्पन्न  थिमि पार्टी प्यालेस, शंखधरचोकमा  सम्पन्न भयो । प्रमुख अतिथि प्रधानाङ्गले दीप प्रज्वलन गरी उक्त साधारणसभाको उद्घाटन गर्नु भयो । त्यस अवसरमा मन्तव्य व्यक्त गर्दै प्रमुख अतिथि प्रधानाङ्गले स्थापना भएको छोटै समयमा नै यस अभ्युदय साकोसले राम्रो प्रगति गरी सहकारी अभियानमा आफ्नो बेग्लै परिचय बनाएको भन्दै खुशी व्यक्त गर्नुभयो । उहाँले देशको सामाजिक रुपान्तरणमा सहकारीको योगदान महत्वपूर्ण रहेको चर्चा गर्दै सरकारले सहकारी मैत्री ऐन / नियम बनाई सहकारीलाई बचत र  ऋण कारोवारमा मात्रै सिमित नगरी उत्पादनमुलक क्षेत्रमा कार्य गर्न प्रोत्साहन गर्नु पर्नेमा जोड दिनु भयो । त्यस सभाका अध्यक्षता ग्रहण गर्दै सो संस्थाका अध्यक्ष विक्रम श्रेष्ठले यस अभ्युदय बचत तथा ऋण सहकारी संस्था लि.ले सदस्यहरुलाई वित्तीय सेवा प्रदान गर्नुका साथै सामाजिक उत्तरदायित्व अन्तर्गतका क्रियाकलाप सञ्चालन गर्दै आएको बताउनुभयो । त्यस अवसरमा उक्त संस्थाका सचिव रामकृष्ण श्रेष्ठले सचिवको प्रतिवेदन पेश गर्दै नेपाल सम्वतको संरक्षणार्थ विभिन्न संघ/संस्थाहरुसँग हातेमालो गर्दै भिन्तुना -यालीको आयोजनासँगै सम्भव भएसम्म सांगीतिक कार्यक्रम समेत गर्ने बताउनुभयो । उहाँले रक्तदान , स्वास्थ्य शिवीरको सञ्चालन , जेष्ठ नागरिकहरुको ठाउँ छनौटको आधारमा तीर्थ भ्रमण तथा सहकारी- सहकारी वीच सहयोग भन्ने सिद्धान्त अनुसार आफ्नो समानान्यर तथा  छाता संगठनबाट सञ्चालित कुनै पनि कार्यक्रम निमन्त्रणा आएमा स्वतस्फूर्त रुपमा  सहभागीता जनाउनुका साथै यस संस्थाबाट गरिने कुनै पनि सामाजिक , सांस्कृतिक , धार्मिक लगायतका कार्यक्रमहरुमा समेत आमन्त्रण गर्ने बताउनुभयो । त्यसैगरी सोही संस्थाका कोषाध्यक्ष रमेश श्रेष्ठले त्यस संस्थाको आर्थिक प्रतिवेदन पेश गर्दै यस संस्थाले आर्थिक वर्ष २०७५/०७६ मा शिखर इन्स्योरेन्स क.लि. मा भल्ट/लकर र काउण्टरको रु.५,००,००० बराबरको वीमा गरिएको जानकारी गराउदै यसबाट यस संस्थामा आबद्ध सदस्यहरुको भविष्यमा आइपर्न सक्ने भवितव्य तथा आर्थिक जोखिमलाई न्युनिकरण गर्नेमा संस्थाको विश्वास रहेको बताउनुभयो । उहाँले यस संस्थामा आर्थिक वर्ष २०७५/०७६ मा शेयर पूजी रु.२,५०,००,०००  , निक्षेप रु.२०,१०,१९,१७१ र ऋण लगानी रु.१९,३३,३८,०१५ रहेको र आर्थिक वर्ष २०७६/०७७ मा शेयर पूँजी रु.२,७५,००,००० , निक्षेप रु,२२,५०,००,००० र ऋण लगानी रु.२४,३५,००,०००  पु-याउने लक्ष्य रहेको बताउनुभयो । सोही संस्थाकी उपाध्यक्ष दयालक्ष्मी (कासुला) श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्नु भएको उक्त सभामा सोही संस्थाका विभिन्न सदस्य तथा कर्मचारी लगायत सम्मानित हुनु भएको थियो । त्यस अवसरमा सो सभाका अध्यक्ष श्रेष्ठले प्रमुख अतिथि प्रधानाङ्गलाई मायाको चिनो प्रदान गर्नु भएको थियो ।

Leave a Reply