नवाली साकोसको ९औँ वार्षिक साधारणसभा सम्पन्न , संस्थाको मुनाफा रु.८५,३३,६५२/२९

काठमाडौं महानगरपालिका -८ , जयबागेश्वरी- नवाली टोलमा रहेको नवाली बचत तथा ऋण सहकारी संस्था लि. को ९औँ वार्षिक साधारणसभा नेपाल सरकारका भूतपूर्व स्वास्थ्यमन्त्री तथा बर्तमान सांसद गगन थापाको प्रमुख आतिथ्यता र सो संस्थाका अध्यक्ष आशामान संगतको अध्यक्षतामा २०७६ असोज ११ गते काडमाडौंमा सम्पन्न भयो ।
प्रमुख अतिथि थापाले उक्त साधारणसभाको दीप प्रज्वलन गरी उद्घाटन गर्दै यस नवाली साकोसको वार्षिक प्रतिवेदनमा उल्लेखित सूचाङ्क हेर्दा यो संस्था निरन्तर रुपमा प्रगतिपथमा गइरहेको देखिएकोले सदस्यहरुले नडराई यस संस्थामा कारोवार गर्नुहोस् भन्नुभयो ।
व्यवस्थित र मर्यादित सहकारीको पक्षमा आफू रहेको र सहकारी मैत्री ऐन /नियम बनाउन आफूले सकेको सहयोग गर्ने बताउदै उहाँले सहकारी संस्थाले समुदायको हित हुने र सदस्यहरुको आर्थिक तथा सामाजिक जीवनस्तर माथि उठाउने उद्देश्य लिएर कार्यक्रम सञ्चालन गर्नु पर्नेमा जोड दिनुभयो । त्यस अवसरमा काठमाडौं क्षेत्र नं. ४ ‘क’ का ३ नं. प्रदेश सभासद तथा समाजसेवी नरोत्तम बैद्य , काठमाडौं महानगरपालिका वडा नं. ८ का वडा अध्यक्ष दिनेशकुमार डंगोल र समाजसेवी श्यामकृष्ण संगतले शुभकाना मन्तव्य व्यक्त गर्दै सो संस्थाको प्रगतिको कामना गर्नुभयो । त्यस सभाका अध्यक्ष आशामान संगतले स्वागत मन्तव्य व्यक्त गर्दै यस नवाली बचत तथा ऋण सहकारी संस्था लि. स्थानीय कला संस्कृतिको संरक्षणमा सकेको सहयोग गर्दै र सामाजिक उत्तरदायात्वका क्रियाकलापहरु गर्दै सदस्यहरुलाई वित्तीय सेवा प्रदान गरी राम्रोसँग सञ्चालन भइरहेको छ भन्नुभयो । त्यस अवसरमा उक्त संस्था सचिव बाबुराजा संगतले सो संस्थाको वार्षिक प्रतिवेदन तथा भावी कार्यक्रम , भूतपूर्व कोषाध्यक्ष तथा नवनियुक्त व्यवस्थापक रमेश संगतले आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समिति संयोजक अभिशेक मल्लले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन पेश गर्नु भएको थियो । उक्त आर्थिक प्रतिवेदनमा सो संस्थामा आर्थिक वर्ष २०७५/०७६ मा चुक्ता पूँजी रु.९२,५६,३०० , बचत निक्षेप रु. ६,१८,०८,२१० , कर्जा लगानी रु.५,८९,५४,४५८ , जम्मा आम्दानी रु.१,६५,९४,५९९/८३ , जम्मा खर्च रु. ८६,२६,२७३/६३ र मुनाफा रु.८५,३३,६५२/२९ रहेको र आर्थिक वर्षमा चुक्ता पूँजी रु.१,२०,००,००० , बचत निक्षेप रु.७,००,००,००० , कर्जा लगानी रु.७,००,००,००० , जम्मा आम्दानी रु.२,००,००,००० , जम्मा खर्च रु. ९०,००,००० र मुनाफा रु.९०,००,००० पु-याउने लक्ष्य रहेको उल्लेख छ ।
सो सभामा सोही संस्थाका असल बचयकर्ता सदस्य श्रीमती अम्विका गरी र असल ऋणी सदस्य बद्री भुजेललाई सम्मान गरिएको थियो भने २०७५ सालको एस.ई.ई.मा उत्कृष्ट जी.पी.ए. ल्याई उत्तीर्ण हुने उक्त संस्थाका सदस्यहरु : सौरभ डंगोल र अनिशा उप्रेती तथा सदस्यका छोराछोरीहरु : विकल्प श्रेष्ठ , स्वीकृति पौडेल , विकेश महर्जन , सुमित संगत र प्रमीला संगतलाई सम्मान गरिएको थियो ।