माँ बंगलामुखी उपभोक्ता सहकारी संस्था लि.को १०औँ वार्षिक साधारणसभा सम्पन्न , माँ बंगलामुखी फुटसल सञ्चालनमा

0 Shares

ललितपुर महानगरपालिका -११ , कोन्तीमा रहेको माँ बंगलामुखी उपभोक्ता सहकारी संस्था लि. को १०औँ वार्षिक साधारणसभा भूतपूर्व मन्त्री तथा बर्तमान सांसद पम्फा भुषालको प्रमुख आतिथ्यता र सो संस्थाका अध्यक्ष अधिवक्ता लक्ष्मण महर्जनको अध्यक्षतामा २०७६ असोज ११ गते माँ बंगलामुखी फुटसल दथंल – शंखमुल , ललितपुरमा सम्पन्न भयो । प्रमुख अतिथि भुषालले सो साधारणसभा तथा सोही संस्थाले निर्माण गरेको माँ बंगलामुखी फुटसलको उद्घाटन गर्नुभयो । त्यस अवसरमा उहाँले यस माँ बंगलामुखी उपभोक्ता सहकारी संस्थाले स्थापना भएको छोटो समयमा समाजमा राम्रो काम गरी आफ्नो छुट्टै पहिचान बनाउन सकेको देख्ता आफूलाई खुशी लागेको बताउनुभयो । त्यस अवसरमा पहिलो संविधानसभा सदस्य तथा ३ नं.प्रदेश सभासद राजकाजी महर्जन लगायतले उक्त संस्थाको प्रगतिको कामना गर्नुभयो । त्यस सभाको अध्यक्षता ग्रहण गर्दै  सोही संस्थाका अध्यक्ष अधिवक्ता लक्ष्मण महर्जनले यस बंगलामुखी उपभोक्ता सहकारी संस्थाले सदस्यहरुको यस संस्थाप्रतिको स्नेह र सहयोगका कारण  छोटो समयमा ललितपुरको सहकारी अभियानमा योगदान गर्दै बेग्लै पहिचान बनाउन सकेको बताउदै यस संस्थाले आफ्नै भवन , माँ बंगलामुखी फुटसल तथा तथा त:ननी साकोससँगको सहकार्यमा विद्यालय सञ्चालन लगायतका कार्य गरिरहेको बताउनुभयो । सोही सभामा उक्त संस्थाका सचिव सुनील महर्जनले सो संस्थाको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष रुजेन्दारमान श्रेष्ठले आर्थिक प्रतिवेदन पेश गर्नु भएको थियो । उक्त आर्थिक प्रतिवेदनमग सो संस्थामा आर्थिक वर्ष २०७५/०७६ मा शेयर पूँजी रु.१,४६,८७,३०० , निक्षेप रु.१०,५५,३३,४८७ , कर्जा लगानी रु.९,९५,१०,६९६ र सम्पति रु.१२,३७,५२,४८७  रहेको उल्लेख छ । यल अन्तर सहकारी समन्वय समिति अन्तर्गतका सहकारी संस्थाहरुका अध्यक्ष तथा प्रतिनिधिहरुको उपस्थिति रहेको त्यस सभाका अध्यक्ष महर्जनले प्रमुख अतिथि भुषाललाई मायाको चिनो प्रदान गर्नुभयो ।

 

 

Leave a Reply