शुभश्री साकोस , थिमिको आयोजनामा शुभकामना आदान प्रदान , चियापान तथा लाभांश वितरण कार्यक्रम सम्पन्न

0 Shares

“ आर्थिक तथा सामाजिक विकासका लागि बचत गरौं” भन्ने मूल नाराका साथ स्थापना भएको शुभश्री बचत तथा ऋण सहकारी संस्था लि., थिमि शंखधरचोक , भक्तपुरबाट २०७६ असोज ११ गते विजया दशमी, शुभ दिपावली तथा छठ पर्व -२०७६ एवं नेपाल सम्बत ११४० को उपलक्ष्यमा शुभकामना आदान प्रदान, चियापान तथा आर्थिक बर्ष २०७५/०७६ सालको लाभांश बितरण कार्यक्रम शुभश्री भबन, मध्यपुर थिमि नगरपालिका–४, शंखधरचोकमा सम्पन्न भयो । संस्थाका अध्यक्ष ज्ञानकृष्ण श्रेष्ठको सभापतित्वमा सम्पन्न सो सभामा उक्त संस्थाका उपाध्यक्ष श्यामसुन्दर कायष्थले स्वागत मन्तब्य ब्यक्त गर्दै संस्थाको उद्देश्य सामाजिक विकास गर्ने रहेको बताउदै संस्थाबाट गरेका बिभिन्न सामाजिक कार्यहरुको चर्चा गर्नु भयो । उक्त सभामा संस्थाका कोषाध्यक्ष एवम् प्रबन्ध संचालक रत्नमान श्रेष्ठले संस्थाको तर्फबाट सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति , अन्य उप–समितिहरु,कर्मचारी , शेयर सदस्यहरु तथा शुभेच्क्षुकहरुमा विजया दशमी, शुभ दिपावली, छठ पर्व-२०७६ एवं नेपाल सम्बत ११४० को उपलक्ष्यमा सुख , सम्बृद्धि तथा सु-स्वास्थ्यको लागि हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दै संस्थाले आ.व.२०७५/०७६ भए गरेका उपलब्धीहरुको बारेमा प्रकाश पार्नु भयो । उक्त सभाका सभापति तथा संस्थाका अध्यक्ष ज्ञानकृष्ण श्रेष्ठले संस्थाको गतिबिधिहरुको समीक्षाका साथै मिति २०७६ साल आश्विन ४ गते संस्थाले शुभश्री कार्यालय भवन अगाडि करीब २०० मीटर शुभश्री उद्यान क्षेत्रमा बृक्षारोपण सहित टोल सरसफाई कार्यक्रम समेत गरेको कुरा प्रकाश पार्नुका साथै सँस्थाको भावी कार्यक्रमहरु प्रस्तुत गर्नु भयो । सभा संस्थाका सचिब काशीभक्त कायष्ठले सञ्चालन गर्नु भएको थियो ।

Leave a Reply