हिन्चोक भैरव साकोस , दधिकोटको सम्पति तथा दायित्व रु.८,३२,६६,७४६/२४

0 Shares


भक्तपुरको सूर्यविनायक नगरपालिका -४ , दधिकोटमा रहेको हिन्चोक भैरव बचत तथा ऋण सहकारी संस्था लि. का अध्यक्ष माधव बस्नेतले ‘आजको बचत भोलिको उज्यालो भविष्यको लागि’ भन्ने मूल नाराका साथ सहकारी मूल्य , मान्यता र सिद्धान्तलाई आत्मसाथ गर्दै स्थानीय स्तरमा छरिएर रहेको स-सानो पूँजीलाई विभिन्न बचत योजनिको माध्यमबाट एकत्रित गर्दै सदस्य महानुभावहरुको आर्थिक जीवनस्तर अभिबृद्धि गर्ने उद्देश्य तथा सदस्यहरुकै माग अनुसार विभिन्न उत्पादनमूलक , सेवामूलक , कृषि क्षेत्र , व्यापारिक क्षेत्र तथा अन्य विभिध क्षेत्रमा लगानी गरी सदस्यहरुको आर्थिक तथा सामाजिक जीवनस्तर माथि उठाउन सहयोग पु-याउने उद्देश्यले विगत १० वर्षदेखि सञ्चालन भइरहेको र यस संस्थाले आफ्नो कार्यक्षेत्रभित्र समेटिएका बासिन्दाहरुलाई दैनिक , मासिक , ऐच्छिक जस्ता बचत योजना मार्फत बचत गर्ने बानी बसाउदै आएकोले गाह्रो साह्रो पर्दा समस्या टार्ने , व्यवसाय तथा रोजगारी सृजना गर्दै उनीहरुको आर्थिक तथा सामाजिक अवस्थामा परिवर्तन आएको सहकारी सञ्जाललाई बताउनुभयो ।
सो संस्थाको १० औँ वार्षिक साधारणसभा २०७६ असोज १० गते शंखधर पार्टी प्यालेस , मध्यपुर थिमि नगरपालिका – ४ , शंखधरचोक , भक्तपुरमा नेफ्स्कूनका भूतपूर्व अध्यक्ष तथा सहकारी विज्ञ कैलाशभक्त प्रधानाङ्गको प्रमुख आतिथ्यता र सोही संस्थाका अध्यक्ष माधव बस्नेतको अध्यक्षतामा सम्पन्न भएको थियो । उक्त साधारणसभाको उद्घाटन गर्दै प्रमुख अतिथि प्रधानाङ्गले स्थानीय समुदायमा आधारित रहेर यस हिन्चोक भैरव साकोसले सहकारीको सिद्धान्त , मुल्य र मान्यतालाई आत्मसाथ गरी प्रगतिपथमा अगाडि बढिरहेको देख्ता आफूलाई खुशी लागेको बताउनुभयो । गएको साउन १९ गतेबाट लागू गरिएको सहकारी सन्दर्भ व्याजदरप्रति सहकारी क्षेत्रमा भइरहेको विरोधप्रति उहाँले असन्तुष्टि व्यक्त गर्नुभएको थियो ।
त्यस सभामा उक्त संस्थाको सोही संस्थाका अध्यक्ष बस्नेतले वार्षिक प्रतिवेदन , कोषाध्यक्ष बाशुदेव बस्नेतले आर्थिक प्रतिवेदन तथा लेखा सुपरीवेक्षण समिति संयोजक केदारबहादुर थापाले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन पेश गर्नु भएको थियो । ती प्रतिवेदनहरुमा आर्थिक वर्ष २०७५/०७६ मा सो संस्थाको ५२१ जना पुरुष र ३४२ जना महिला गरी ८६३ शेयर सदस्यहरु , रु.१,३९,३१,००० शेयर पूँजी , रु.५,४१,३४,८५४/५० निक्षेप संकलन , रु.६,३०,५०,५५८ ऋण लगानी र रु ८,३२,६६,७४६/२४ सम्पति तथा दायित्व रहेको र वाल बचत र खुत्रुके बचत योजना अन्तर्गत ५ वर्षे , १० वर्षे र १५ वर्षे बचत योजना अनुरुप क्रमश: ११/५ प्रतिशत , १२/५ प्रतिशत र १३/५ व्याजदर प्रदान गर्ने उल्लेख गरिएको छ ।
त्यस अवसरमा सोही संस्थाका जेष्ठ सदस्यहरु मिसु न्यौपाने र नानुप्रसाद श्रेष्ठ , उत्कृष्ट ऐच्छिक बचतकर्ता कल्पना बस्नेत , उत्कृष्ट अनिवार्य मासिक बचतकर्ता राजन श्रेष्ठ , उत्कृष्ठ मुद्दती बचतकर्ता दिलबहादुर खड्का , उत्कष्ट दैनिक बचतकर्ति दिलिप सिटौला र असल ऋणी विमला थापालाई सम्मान गरिएको थियो ।

Leave a Reply