आदर्श समाज सहकारी संस्था लि.को उद्देश्य भनेको आफ्ना शेयर सदस्यहरुको आर्थिक तथा सामाजिक जीवनस्तर सवल बनाउने हो

-भरत खाती , अध्यक्ष , आदर्श समाज सहकारी संस्था लि. , दमक नगरपालिका -६ ,पशुपतिमार्ग , झापा
१. आदर्श समाज सहकारी संस्था लि. को गतिविधि के छ ?
– आदर्श समाज सहकारी संस्था लि. को २०७६ भदौ १९ गते २३ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । यस संस्थाको शेयर सदस्य , शेयर पूँजी , निक्षेप संकलन र कर्जा प्रवाहमा उल्लेख्य बृद्धि भइरहेको छ । यसमा कर्जा जोखिम अति न्युन छ ।
यो संस्थाबाट शेयर सदस्यहरुलाई लक्षित गरी सहुलियत दरमा कर्जा प्रवाह भइरहेको छ । हाम्रो यो संस्थाले आफ्ना सदस्यहरुको जीवन वीमा गरेको छ ।
२. तपाई नेतृत्वको यो संस्थाको उद्देश्य के छ ?
– हाम्रो यस संस्थाको उद्देश्य भनेको आफ्ना शेयर सदस्यहरुको आर्थिक तथा सामाजिक जीवनस्तर सवल बनाउने हो ।
३. यस संस्थाको शेयर सदस्य , शेयर पूँजी , निक्षेप संकलन र कर्जा प्रवाह कति छ ?
– आर्थिक वर्ष २०७५/०७६ मा यस संस्थाको शेयर सदस्य ९८२ जना , शेयर पूँजी रु.१,१५,२६,००० , निक्षेप संकलन रु.४,२६,००,००० , कर्जा प्रवाह रु.४,५१,००,००० र कूल सम्पति रु.५,५६,००.००० रहेको छ ।
४. यो संस्थाको आगामी कार्य योजना के छ ?
– यस संस्थाको आगामी कार्य योजना भनेको आफ्ना शेयर सदस्यहरुलाई सहकारी सम्बन्धी शिक्षा , तालिम , प्रशिक्षण , अवलोकन भ्रमण गराउनुको साथै सहुलियत मुल्यमा खाद्यन्न सामाग्रीको पसल सञ्चालन गर्ने र मल , वीऊ विजन तथा कृषि सामाग्री शेयर सदस्यहरुलाई सहुलियत मूल्यमा उपलव्ध गराउने मुख्य लक्ष्य रहेको छ ।
५. यस संस्थाले बहुउद्देश्यीय कार्य पनि गरेको छ कि ?
– सहकारी ऐन ,२०७४ अनुसार नै यस संस्थाले बहुउद्देश्यीय कार्य गरिरहेको छ । कृषि तथा उत्पादनमूलक क्षेत्रमा यसले लगानी गरिरहेको छ ।
६. यो संस्था स्थानीय तहमा गएपछि काम गर्न सजिलो या अफ्ठायारो के छ ?
– हाम्रो यो संस्था दमक नगरपालिका अन्तर्गत रहेर सञ्चालन भइरहेको छ । स्थानीय सरकारको स्पष्ट सहकारी नीति लागू भई नसकेकाले यस संस्थाले काम गर्ने क्रममा असहजता महसुस भइरहेको छ ।
७.. सहकारी मर्जबारे तपाई के भन्नुहुन्छ ?
– सहकारी मर्ज हुनु त राम्रो कुरा हो तर सहकारीमा कर्मचारी व्यवस्थापन , जोखिम कर्जा व्यवस्थापन , ठूला सहकारीले साना सहकारीको अस्तित्व नस्वीकार्ने अवस्था आदि जस्ता समस्याको निराकरण गर्ने विषयको अन्यौलता कायमै छ । यी लगायतका विषयमा सरकारको स्पष्ट नीति बन्नु जरुरी छ ।
८. बहुउद्देश्यीय सहकारी संस्थाको विकासका लागि सरकारले कस्तो नीति लागू गर्नु पर्ला जस्तो लाग्छ ?
– सरकारले बहुउद्देश्यीय सहकारी संस्थाहरुलाई उत्पादनमूलक कार्य गर्ने वातावरण बनाउनु जरुरी छ ।
९.अन्तमा केही अनु छ कि ?
– सरकारले राज्यको ३ खम्बे अर्थ नीतिलाई राम्रोसँग व्यवहारमा लागू गरोस् ।