प्राइम कमर्सियल बैंक लि. ले ग-यो ग्राण्डी र वानियाटारमा शाखा विस्तार

0 Shares

काठमाडौंको टोखा नगरपालिका अन्तर्गतको ग्राण्डी र वानियाटारमा नेपाल राष्ट्र बैंकबाट ‘क’ श्रेणीको मान्यता प्राप्त प्राइम कमर्सियल बैंक लिमिटेडको नयाँ शाखा विस्तार भएको छ ।
आफ्नो शाखा सञ्जाल बिस्तारको क्रममा हिजोबाट ती २ शाखाको सञ्चालन शुभारम्भ भएसँगै प्राइम कमर्सियल बैंक लिमिटेडको शाखा कार्यालय संख्या ९९ पुगेको छ ।
स्थानीय उद्योगी, व्यवशायी, शिक्षक, समाजसेवी तथा विभिन्न पेशाकर्मीहरुको उपस्थितिमा हिजो एक समारोहका वीच उक्त बैंकका सञ्चालक नरेन्द्र बज्राचार्यले ग्राण्डी शाखा र सञ्चालक मनोज पौडेलले बानियांटार शाखाको समुदघाटन गर्नु भएको सो बैंकबाट जारी गरिएको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।
यसै क्रमलाई निरन्तरता दिंदै सो बैंकले आगामी दिनहरुमा पनि शाखाहरुको सञ्जाल बिस्तार गर्दै लगी आफ्नो सेवा दिन अग्रसर रहेको प्रतिवद्धता व्यक्त गर्दै
आफ्ना निक्षेपकर्ता तथा ग्राहकहरुलाई प्रदान गरिने सेवालाई थप गुणस्तरीय र चुस्त, आत्मीय र ग्राहकमुखी बनाउने बताएको छ ।

Leave a Reply