सनराइज बैंक लि.को १२औँ वार्षिक साधारणसभा सम्पन्न , यो बैंकले ८ लाखभन्दा बढी ग्राहकहरुलाई गर्दैछ वित्तीय सेवा प्रदान

नेपाल राष्ट्र बैंकबाट ‘क’ श्रेणीको मान्यता प्राप्त सनराइज बैंक लिमिटेडको १२औँ वार्षिक साधारणसभा हिजो काठमाडौंमा सम्पन्न भएको छ । सो बैंकका सञ्चालक समितिका अध्यक्ष मोतीलाल दुगडको अध्यक्षतामा एक समारोहको आयोजना गरी सम्पन्न भएको उक्त साधारणसभाले बैंकको हालको चुक्ता पूँजीकोे ५.८ प्रतिशतका दरले हुने रु ४७,२८,४८, २३९ बराबरको नगद लाभांश वितरण तथा १० प्रतिशतका दरले हुने रु ८१,५२,५५,५८५ बराबरको बोनस शेयर वितरण गर्न स्वीकृत गर्ने प्रस्ताव पारित गरेको थियो ।
त्यस साधारणसभाबाट पारित बोनस शेयर समेत रु.८, ९६,८१,०१, ४३६ रहेको उक्त बैंकको भनाई छ । १२२ शाखा, ३८ शाखारहित बैंकिङ सेवा, ८ एक्सटेन्सन काउन्टर, १४३ एटिएममार्फत ८ लाखभन्दा बढी ग्राहकहरुलाई वित्तीय सेवा प्रदान गर्दै आइरहेको सो बैंकले बताएको छ ।