भिभोर क्यापिटल अब मुक्तिनाथ क्यापिटल

भिवोर क्यापिटल अब मुक्तिनाथ क्यापिटल लि. भएको मुक्तिनाथ विकास बैंक लि.बाट आज जारी गरिएको प्रेस विज्ञप्तिमा जनाइएको छ । मुक्तिनाथ विकास बैंक लि.ले भिवोर क्यापिटल लि.को जारी पूँजीमा ५१प्रतिशत शेयर लगानी गरी आफ्नो सहायक कम्पनीको रुपमा सञ्चालन गरेको हो । मुक्तिनाथ विकास बैंक लि.ले आफ्नो पहलमा कृषि क्षेत्रको प्रवर्द्धनको लागि मुक्तिनाथ कृषि कम्पनी र पूँजी बजार ( मर्चेण्ट बैंकिङ्ग ) प्रवर्द्धनको लागि मुक्तिनाथ क्यापिटलमा लगानी गरी सेवाको दायरालाई फराकिलो बनाउने प्रयास गरेको छ । समावेशी वित्तीय सेवाको अलवा कृषि र पूँजी बजार क्षेत्रमा पनि उत्कृष्ठ सेवा प्रदान गर्ने बैंकले लक्ष्य लिएको जनाएको छ ।
हाल उक्त बैंकले १२३ शाखा कार्यालयबाट आफ्ना सेवाग्राहीहरुलाई आधुनिक बैंकिङ्ग र साना तथा लघु बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको बैंकका प्रमुख सुचना अधिकारी तिलबहादुर गुरुङ्गले बताउनुभयो ।