महाकवि देवकोटाको १११औं जन्म जयन्तीमा गरियो उहाँको सम्झना

नेपाली भाषाका महाकवि तथा भूतपूर्व शिक्षामन्त्री लक्ष्मीप्रसाद देवकोटाको १११औँ जन्मजयन्तीको अवसरमा विशेष गरी साहित्य तथा कला क्षेत्रका स्रष्टाहरुले विभिन्न कार्यक्रमहरु गरी उहाँको सम्झना गरे । वि.सं.१९६६ कार्तिक २७ गते तिहारको लक्ष्मी पूजाको दिन जन्मिनु भई २०१६ भदौ २९ गते अस्ताउनु भएका देवकोटाको स्मरणमा कविता बाचन गरिनुका साथै उहाँले नेपाली साहित्य श्रीबृद्धि तथा शिक्षा क्षेत्रको विकासका लागि पु-याएको योगदानको स्मरण गरियो ।
नेपाली साहित्यका स्वच्छन्दवादी प्रगतिवादी धारामा साहित्यितिक कृति सिर्जना गरेका महाकवि देवकोटाले पद्य विधामा सशक्त ढंगबाट कलम चलाउनु भयो । पद्य विधापछि गद्य विधा अन्तर्गत निवन्ध विधामा उहाँको सशक्त ढंगबाट उपस्थिति देखिन्छ । त्यसपछि उहाँ चम्पा उपन्यासका साथ उपन्यास तथा नाटक विधामा पनि देखिए । सुलोचना , साकुन्तल , महाराणा प्रताप , प्रमिथस जस्ता उच्च कोटीका महाकाव्य , मुनामदन , कुञ्जिनी जस्ता खण्ड काव्य , पागल , यात्री जस्ता उच्च कोटीका कालजयी फुटकर कविता लेखे पनि उनी मुनामदन खण्ड काव्यका लागि धेरै प्रसिद्ध छन् । साझा लगायतका विभिन्न पुरस्कार तथा सम्मानबाट सम्मानित देवकोटाले त्रिभुवन विश्वविद्यालय , प्रज्ञा प्रतिष्ठान लगायतको स्थापनामा महत्वपूर्ण योगदान गरेको देखिन्छ । प्रसिद्ध स्रष्टा तथा लेखक राहुल सांस्कृत्यानले महाकवि देवकोटा गौतम बुद्ध पछिको नेपाल कै ठूलो विद्वान रहेको अभिव्यक्ति दिएको विद्वानहरुको भनाई छ ।
विधिको शासनमा जोड दिने महाकवि देवकोटा गरिवप्रति माया गर्ने उदार दिलका हुनुभएको जानकारहरु बताउछना ।
महाकवि लक्ष्मीप्रसाद देवकोटाप्रति सहकारी सञ्जाल परिवार हार्दिक श्रद्धाञ्जलि प्रकट गर्दछ ।