अतिरिक्त शुल्क विद्यार्थीहरुलाई फिर्ता नगर्न निजी मेडिकल कलेजहरुलाई त्रिभुवन विश्वविद्यालयको निर्दशन , बढी लिएको शुल्क यथाशीघ्र फिर्ता गरिनु पर्दछ : संयुक्त विद्यार्थी संगठन

0 Shares

निजी मेडिकल कलेजहरुले नेपाल सरकारले तोकेभन्दा बढी शुल्क लिएको विरोधमा विद्यार्थीहरुले आन्दोलन गरेको लामो समय भयो तर सरकार तथा विश्वविद्यालय लगायतका सरोकारवाला पक्षले समस्या ठीक ढंगबाट समाधान गर्ने तिर लाग्ने भन्दा पनि निजी मेडिकल कलेज सञ्चालकहरुसँगको मिलेमतोमा विद्यार्थीहरुको हित विपरीत निर्णय गरेको जानकारी प्राप्त भएको छ । अतिरिक्त शुल्क विद्यार्थीहरुलाई फिर्ता नगर्न निजी मेडिकल कलेजहरुलाई त्रिभुवन विश्वविद्यालयले निर्देशन दिएको पत्र पठाएको छ । त्यसको संयुक्त विद्यार्यी संगठन तथा मेडिकल कलेजका आन्दोलनरत विद्यार्थीहरुले त्यसको विरोध गरी त्यो निर्णय यथाशिघ्र खारेज गर्नु पर्ने माग गरेका छन् । संयुक्त विद्यार्थी संगठनको एक घटक अखिल नेपाल विद्यार्थी यूनियनका प्रमुख तथा निजी मेडिकल कलेजमा भइरहेको वेथिति विरुद्ध आन्दोलन उठान गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका


विद्यार्थी नेता प्रवीण मिश्रले
निजी मेडिकल कलेजका सञ्चालकहरुको मिलेमतोमा नेपाल सरकार , संसदीय समिति तथा उपसमिति तथा विश्वविद्यालयले गरेको सो विद्यार्थीमारा निर्णय तत्काल खारेज नगरिए विद्यार्थीहरुले कडा आन्दोलन गर्ने सहकारी सञ्जाललाई बताउनुभयो । “संयुक्त विद्यार्थी संगठनले यही कार्तिक ९ गते काठमाडौंमा आयोजना गरेको ” चिकित्सा शिक्षा क्षेत्रका समस्या र समाधानका उपाय” विषयक अन्तर्क्रिया कार्यक्रममा सो निर्णयको पत्रको आडमा नेपाल सरकार , शिक्षा , विज्ञान तथा प्रविधि मन्त्रालय , विश्वविद्यालय , त्रिभुवन विश्वविद्यालय , चिकित्सा शास्त्र अध्ययन संस्थान तथा निजी मेडिकल कलेजहरुका सञ्चालकहरु आउछु भनेर पनि अन्तिम समयमा नआएको आफूले जानकारी पाएको” उहाँको भनाई थियो ।

त्रिभुवन विश्वविद्यालय उपकुलपतिको कार्यालय योजना निर्देशनालय , कीर्तिपुर , काठमाडौंका सह-प्रशासक राजुकुमार श्रेष्ठले हस्ताक्षर गरी चिकित्साशास्त्र अध्ययन संस्थान , डीनको कार्यालय , महाराजगञ्ज , काठमाडौंलाई पठाएको निर्णयको पत्रमा सो कुरा उल्लेख गरिएको देखिएको छ । उक्त निर्णय यस प्रकार छ ।
त्रि.वि. कार्यकारी परिषदको मिति २०७६/६/३० निर्णय नं.२६०६ त्यस अध्ययन संस्थानसँग सम्बन्धित भएको हुँदा आवश्यक कार्याथ यसै साथ सम्लग्न गरी पठाएको व्यहोरा अनुरोध छ ।
निर्णय नं.२६८६
त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त मेडिकल कलेजहरुले नेपाल सरकार ,मन्त्रीपरिषदको मिति २०७५/६/२८ को बैठकले तोकेको शिक्षण शुल्क भन्दा बढी शुल्क लिएको भनी परेको उजुरीको सम्बन्धमा परेको उजुरीको छानविन गरी प्रतिवेदन पेश गर्न कार्यकारी परिषदको निर्णय अनुसार र अनुगमन निर्देशनालयबाट गठित समितिले पेश गरेको प्रतिवेदन उपर त्रि.वि. कार्यकारी परिषदको मिति २०७६/१/२२ को बैठकमा छलफल हुँदा मेडिकल कलेजमा अध्ययनरत विद्यार्थीबाट कलेजले कति शुल्क बढी लिएको हो सो को यकिन विवरण समेत उल्लेख नभएकोले त्यस बारेमा सम्बन्धित संसदको संघीय शिक्षा तथा स्वास्थ्य समितिले गठन गरेको उपसमितिले छानविन गरी प्राप्त हुने प्रतिवेदनमा औल्याइएको कुराहरुलाई कार्यान्वयन गर्न गराउन निर्णय भएको नेपाल सरकार , प्रतिनिधिसभा शिक्षा तथा स्वास्थ्य समिति बढी शुल्क लिएको भन्ने विषयमा छानविन गरी पेश गरेको प्रतिवेदन उपर श्री शिक्षा , विज्ञान तथा प्रविधि मन्त्रालयलाई सम्बोधन गरी श्री त्रिभुवन विश्वविद्यलय कीर्तिपुरलाई बोधार्थ दिई लेखेको च.नं.७६ मिति २०७६/६/१० को पत्र साथ सम्लग्न प्रतिवेदनको परिच्छेद ६ को ६.४ मा कलेजहरुले लिएको अतिरिक्त शुल्क सम्बन्धमा यस समितिबाट तोकिए बमोजिम माग गरिएको शुल्क सम्बन्धी विवरण , स्थलगत भ्रमणका क्रममा प्राप्त विवरण तथा थप स्पष्टताका लागि माग गरिएको विवरणका आधारमा अधिकांश कलेजहरुले नेपाल सरकारले तोकेको भन्दा बढी शुल्क लिएको स्पष्ट भएकोले “विश्वविद्यालयहरुले सम्बन्धन शुल्क बापत हुन आउने प्रति विद्यार्थी शुल्क डीन कार्यालयमा लिने International शुल्कबाट प्रति विद्यार्थीलाई पर्न आउने शुल्क , कम्युनिटी , इन्टर्नसिप , इक्जाम शुल्क तथा सम्बन्धित कलेजको आय/व्यय विवरणमा बाढिएको आम्दानी बमोजिम कर , बोनस तथा डिभिडेण्ट भुक्तानी लिइसकेको रकम बाहेक राज्यले तोकेको भन्दा बढी लिएको शुल्कलाई हाल अध्ययनरत विद्यार्थीहरुको शुल्क रकमलाई मिलान वा समायोजन गर्ने गरी सम्बन्धित विश्वविद्यालयलाई तथा डिन कार्यालयलाई निर्देशन दिने ।
त्यसैगरी सो निर्णयको बोधार्थ सम्बन्धित डिन कार्यालय तथा कलेजहरुलाई पठाइएको देखिएको छ ।

Leave a Reply