मनीष भट्टराईको नेतृत्वमा ह्वाइट एप्रोन रिभुलेशन गठन

पोखराको गण्डकी मेडिकल कलेजमा MBBS तृतीय वर्षमा अध्ययनरत विद्यार्थी तथा गण्डकी मेडिकल कलेजमा अतिरिक्त शुल्क फिर्ता सहित माग राखी भइरहेको संघर्षका सूत्राधार मनीष भट्रराईको नेतृत्वमा १०१ सदस्यीय रहने गरी ह्वाइट एप्रोन रिभुलेशन (WAR) निर्माण भएको जानकारी प्राप्त भएको छ । उक्त ह्वाइट एप्रोन रिभुलेशनको उद्देश्य के हो भनी सहकारी सञ्जालको जिज्ञाशाको जवाफमा नेता भट्टराईले मेडिकल कलेजहरु तथा हस्पिटलमा भएका वेथीति तथा विसंगतिको विरोध गर्दै गुणस्तरीय र सर्वसुलभ चिकित्सा शिक्षा तथा मर्यादित र सुलभ स्वास्थ क्षेत्र निर्माण एवं स्वास्थ्य क्षेत्रसँग सम्द्ध विद्यार्थी , कर्मचारी र डाक्टर तथा नर्सहरुको हक र अधिकारका लागि न्यायपूर्ण संघर्ष गर्ने ह्वाइट एप्रोन रिभुलेशन (WAR) को उद्देश्य रहेको बताउनु भयो ।
मेडिकल शिक्षा क्षेत्रमा वेथिति विरुद्ध भइरहेको संघर्षलाई तर्किक निश्कर्षमा पु-याउन WAR ले कडा संघर्ष अगाडि बढाई ठगिएका विद्यार्थीहरुको शुल्क फिर्ता गराउन आफूहरु जुनसुकै मुल्य चुकाउन तयार रहेको उहाँको भनाई थियो ।