किजा पूजासँगै सकियो यस वर्षको तिहार

नेवार समुदायले आज किजा पूजा गरेसँगै यस वर्षको तिहार सकिएको छ । हिजो अधिकांश दाजुभाइ तथा दिदी बहिनी बीच विधिवत ढंगबाट सप्तरङ्गी टीका र फूलको माला लगाइएको थियो । एक थरी नेवार समुदायले कार्तिक ११ गते साँझ म्ह: पूजा र हिजो भाइ टीका लगाए पनि अर्का थरी नेवार समुदायले हिजो साझ म्ह: पूजा र आज भाइ टीका लगाई रहेका छन् । हिजो धेरै
पञ्चाङ्ग निर्णायक समिति र बज्राचार्यहरुका अगुवाहरु बीच मतैक्यता नहुदा यस बर्ष भाइटीका दुई दिन मनाइने अवस्था बनेको हो ।