अस्ताउदो सूर्यलाई अर्घ दिएसँगै छट पूजा शुरु

0 Shares

२०७६ सालको छट पर्वको पावन अवसरमा सम्पूर्ण नेपाली देशबासी दाजुभाइ तथा दिदी बहिनीहरुमा सुख , शान्ति , उत्तरोतर प्रगति तथा सु-स्वास्थ्य एवं दीर्घायुको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ ।
– सहकारी सञ्जाल परिवार

……………………………..
छट पर्वको तेस्रो दिन आज नदी , पोखरी तथा जलासयमा अस्ताउदो सूर्यलाई अर्घ दिएसँगै छट पूजा शुरु भएको छ । जनकपुर तथा आसपासका नदी , पोखरी , तलाउ तथा जलासयमा छटको विशेष रुपमा पूजा गरिने गरिए पनि यतिबेला देशका तराई तथा काठमाडौं उपत्यका लगायतका स्थानका नदी तथा पोखरीमा श्रद्धालु भक्तजनहरु भेला भएर नाचगान गरी जाग्रम बसेर पूजा आरधना गरी यो पर्व मनाइरहेका छन् । भोलि विहान उदाउदो सूर्यलाई अर्घ दिएसँगै यो पर्वको समापन हुनेछ । २ नं. प्रदेश सरकारले यो पर्वको अवसरमा २ नं. प्रदेशमा भोलि सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

Leave a Reply