नेशनल को-अपरेटर्स एलायन्स , नेपालको प्रथम काठमाडौं जिल्ला अधिवेशन सम्पन्न , पुष्पबहादुर पौडेलको अध्यक्षतामा कार्यसमिति निर्विरोध चयन

नेशनल को-अपरेटर्स एलायन्स नेपाल , को प्रथम काठमाडौं जिल्ला अधिवेशन २०७६ कार्तिक १५ गते काठमाडौंमा पुष्पबहादुर पौडेलको अध्यक्षतामा काठमाडौ जिल्ला कार्य समिति निर्विरोध चयन गरी सम्पन्न भएको छ । ३ वर्षे कार्यकाल रहने सो समितिमा देहाय बमोजिमका पदाधिकारी तथा सदस्यहरु हुनुहुन्छ ।
सो अधिवेशनको नेपाली काँग्रेसका नेता बालकृष्ण खाँणले उद्घाटन गर्नु भएको थियो । सो अवसरमा प्रमुख अतिथि खाँण , नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघ लि. का अध्यक्ष सुरेन्द्र भण्डारी , नेशनल को-अपरेटर्स एलायन्स नेपाल ,, केन्द्रीय समितिका सह-अध्यक्ष गोविन्दप्रसाद शर्मा लगायतले उक्त साधारणसभाको सफलताको शुभकामना व्यक्त गर्नुभयो ।
नेपाली काँग्रेसका नेता खाँण लगायतका अतिथीहरुले एलायन्सको काठमाडौ जिल्ला समितिको नव निर्वाचित टिमलाई बधाई तथा कार्यकालको सफलताको लागि शुभकामना दिनुभयो । त्यस अवसरमा सो समितिका नवानिर्वाचित अध्यक्ष पुष्पबहादुर पौडेलले प्रतिबद्धता मन्तव्य ब्यक्त गर्नु भएको थियो ।