नविल बैंक लिमिटेडले शेयरधनीलाई ३४ प्रतिशत लाभांश दिने

नेपाल राष्ट्र बैंकबाट ‘क: श्रेणीको स्वीकृती प्राप्त नविल बैंक लि. को हिजो बसेको ५२२औँ सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७५/०७६ को कर सहितको कूल मुनाफा मध्येबाट नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएमा शेयरधनीहरुलाई ३४ प्रतिशत लाभांश (१२प्रतिशत बोनस अर्थात १०० कित्ता शेयर बराबर १२ कित्ता ) र २२ प्रतिशत नगद लाभांश (प्रति शेयर बराबर २२ रुपैया) वितरण गर्न आगामी साधारणसभा प्रस्ताव गर्ने निर्णय गरेको जनाएको छ ।