अखिल (क्रान्तिकारी) को शैक्षिक हड्तालले आज अधिकांश शिक्षण संस्था बन्द

0 Shares

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको विद्यार्थी संगठन अखिल(क्रान्तिकारी)ले आफ्ना नेताहरुलाई सरकारले पक्राउ गरेको विरोधमा आज गरेको शैक्षिक हड्तालका कारण काठमाडौं उपत्यका सहितका अधिकांश शिक्षण संस्थाहरु बन्द भएका छन् । धेरै जसो संस्थागत स्कूल कलेजहरुले बन्दको सूचना हिजो साँझ नै आफ्नो वेबसाइटमा राखे पनि सार्वजनिक शिक्षण संस्थाहरुले भने बन्द बारेमा सूचना नगरेकाले पढाई हुन्छ कि हुदैन भन्ने बारेमा विद्यार्थीहरुमा अन्यौल देखिएको छ ।
सरकारले सो संगठनका अध्यक्ष चिरञ्जीवी ढकाल तथा नेता नरेन्द्र वि.क.लाई पक्राउ गरी हिरासतमा राखी यातना दिएको बताइएको छ ।

Leave a Reply