ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. को २५औं वार्षिक साधारणसभा सम्पन्न , संघको कूल बचत दायित्व रु.७१,०२,११,६४५

संघीय संसदको प्रतिनिधिसभा सदस्य पम्फा भूषालले एक समारोहका वीच २०७६ कार्तिक २१ गते ललितपुर पाटनढोका वालिफाल स्थित अशोक पार्टी प्यालेसमा ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संस्था संघ लि. को २५औं वार्षिक साधारणसभाको उद्घाटन तथा स्मारिका विमोचन गर्नुभयो । त्यस अवसरमा उहाँले ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.ले आफ्ना सदस्य संस्थाहरुको विकास र प्रवर्द्धनमा सहयोग गर्दै आफूले गरिरहेको प्रगतिप्रति खुशी व्यक्त गर्नुभयो । सहकारीका माध्यमबाट उत्पादनमूलक कार्य गर्नु पर्ने आवश्यकता रहेको उहाँको भनाई थियो । ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. का अध्यक्ष रामहरि बजगाईले अध्यक्षता , सह-अध्यक्ष करुणारत्ने बज्राचार्यले स्वागत मन्तव्य र सचिव श्यामकृष्ण महर्जनले सञ्चालन गर्नु भएको सो सभामा राष्ट्रिय सहकारी बैंक लि. का अध्यक्ष के.वी. उप्रेती लगायतले उक्त सभाको सफलताको शुभकामना व्यक्त गर्नुभयो । त्यस अवसरमा विभिन्न सहकारी संघ प्रतिनिधिहरु , ए जनप्रतिनिधि तथा सोहु संघका भूतपूर्व र वर्तमान पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।
उक्त साधारणसभामा सोही संघका अध्यक्ष रामहरि बजगाईले बार्षिक प्रतिवेदन , लेखा सुपरीवेक्षण समिति संयोजक अशोक महर्जनले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन र कोषाध्यक्ष दीपक घिमिरेले आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो । छलफलपछि सबै प्रतिवेदन पारित भएका दिए । ती प्रतिवेदनहरुमा सो संघको आर्थिक वर्ष २०७५/०७६ मा सदस्य संस्था ५११ वटा , कूल शेयर पूँजी रु.२,६८,५३,८०० , कूल बचत दायित्व रु.७१,०२,११,६४५ , जम्मा कर्जा लगानी रु.४२,९०,३७,१९० , कुल आय रु.५,१०,३७, ०७९ , कुल व्यय रु.४,६०,७४,०३६ र कूल बचत (कर अघि) रु.१,४९,६३,०४३ रहेको र सदस्य संस्थाहरुलाई १५ प्रतिशत लाभांश वितरण गर्ने उल्लेख छ । सोही आवसरबाट रजत बर्षको समापन गरिएको थियो ।