सिकाली बहुउद्देश्यीय सहकारी संस्था लि. खोकना , ललितपुरले उत्पादन गरेको ‘खोकना सिकाली तेल’ को माग बढ्दै

ललितपुरको खोकनामा सञ्चालन भइरहेको सिकाली बहुउद्देश्यीय सहकारी संस्था लि.ले आफ्नो वित्तीय कारोवारसँगै ‘खोकना सिकाली तेल’ उत्पादन गरिरहेको छ । तोरी र सर्स्यू छुट्टाछुट्टै भुटेर मिलमा तेल पेल्ने गरेको र यसरी पेलिएको तोरीको तेल १ लिटरको रु.२६० र आधा लिटरको रु.१३५ र स्रर्स्यूको तेल प्रति बोतल रु. ५० मुल्यमा विक्री भइरहेको सिकाली बहुउद्देश्यीय सहकारी संस्था लि., खोकना , ललितपुरका अध्यक्ष तीर्थराम डंगोलले
सहकारी सञ्जालका प्रधान सम्पादक अर्जुन कार्कीलाई बताउनुभयो । ‘शुद्ध तोरीको तेल उत्पादनमा ख्याती कमाएको खोकनाको सो पहिचानलाई जगेर्ना गर्ने उद्देश्यले सिकाली बहुउद्देश्यीय सहकारी संस्था लि. , ले भुटेको तोरी तथा सर्स्यूको शुद्ध तोरीको तेल उत्पादन गरेर विक्री बितरण गरिरहेको छ । सर्स्यूको तेल शरीर दुखेको बेला आरामका लागि लगाउन सकिने र तोरी तेल कपाल तथा शरीरमा लगाउन र खाना पकाउने कार्यमग राम्रोसँग प्रयोग गर्न सकिन्छ । यसमा कुनै शंका गर्नु पर्दैन’उहाँले भन्नुभयो । यो तेल कहाँ पाइन्छ भन्ने प्रधान सम्पादक कार्कीको जिज्ञाशाको जवाफमा स्रर्स्यूको तेल मिल र सिकाली बहुउद्देश्यीय सहकारी संस्था लि. , खोकनामा मात्रै पाउन सकिन्छ तर तोरीको तेल भने बजारमा पनि पाउन सकिने व्यवस्था गरिएको उहाँले बताउनुभयो ।
केमिकल मिसिएका अशुद्ध तोरीको तेल उपयोग गर्नु पर्दा हैरान भएका उपभोक्ताहरुमध्ये ‘खोकना सिकाली तेल’उपयोग गर्ने उपभोक्ताहरु यसप्रति सन्तुष्ट देखिएको पाइएको छ । केहीदिनदेखि’खोकना सिकाली तेल’ उपयोग गरी रहेकी काठमाडौंको तीनकुनेमा सञ्चालित ट्रिटोन इन्टरनेशनल स्कुलकी शिक्षक सीता निरौला यसको गुणस्तरप्रति आफू सन्तुष्ट रहेको बताउनुहुन्छ । “बजारमा आएका अरु तेलहरुको तुलनामा ‘सिकाली खोकना तोरीको तेल’को गुणस्तर राम्रो लागेको छ तर यो भनेको ठाउँ पाउन गाह्रो छ । सहजै यो तेल पाउन सक्ने व्यवस्था भइदिज हुन्थ्यो” उहाँको भनाई छ ।
ललितपुरको खोकना तथा आसपास लगायतका क्षेत्रबाट कालो तोरी तथा सर्स्यू खरीद गरी त्यसलाई भुटेर शुद्ध तोरी तथा सर्स्यूको तेल उत्पादन तथा विक्री वितरण गरिरहेको सिकाली बहुउद्देश्यीय सहकारी संस्था लि. ११ वर्ष अगाडि स्थापना भएको र यसको ५०९ जना शेयर सदस्य , रु.१ करोड ४० लाख शेयर पूँजी , रु.८ करोड निक्षेप कारोवार र रु.७ करोड ५० लाख ऋण लगानी रहेको सो संस्थाका अध्यक्ष डंगोलले बताउनुभयो ।