कुमारी साकोस , शंखधरचोक , भक्तपुरको १२औं वार्षिक साधारणसभा सम्पन्न , संस्थाको बचत संकलन रु.१८,७२,४९,१६९/७४

0 Shares

भक्तपुरको मध्यपुर थिमि नगरपालिका – ४ , शंखधरचोकमा सञ्चालन भइरहेको कुमारी बचत तथा ऋण सहकारी संस्था लि. को १२औं वार्षिक साधारणसभा २०७६ कार्तिक २० गते थिमि बैंक्वेट , चारदोबाटो , भक्तपुरमा सो संस्थाका अध्यक्ष उमेश श्रेष्ठको अध्यक्षतामा सम्पन्न भयो । प्रदेश नं. ३ की प्रदेशसभा सदस्य प्रतिभा श्रेष्ठले उक्त साधारणसभाको उद्घाटन गर्दै स्थानीय समुदायमा आधारित रही सञ्चालन भइरहेको कुमारी साकोसले सामाजिक , आर्थिक तथा सांस्कृत क्षेत्रमा योगदान गर्दै प्रगति गरिरहेको देख्ता आफूलाई खुशी लागेको बताउनुभयो ।
प्रदेश नं. ३ को सहकारी ऐन कार्यान्वयनमा आई सकेको छ र नियमावली पनि चाडै जारी हुने गरी कार्य भइरहेको बताउदै नियमावली जारी भएपछि प्रदेश नं. ३ अन्तर्गतका सहकारी संस्थाहरुको धेरै समस्या समाधान हुने विश्वास व्यक्त गर्नुभयो । त्यस अवसरमा मध्यपुर थिमि नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष कुमार श्रेष्ठ , समाजसेवी कृष्णलाल गोजा श्रेष्ठ र नेफ्स्कूनका थिमि इञ्चार्ज पेशल खड्काले उक्त संस्थाको थप प्रगतिको कामना गर्दै सो साधारणसभाको सफलताको शुभकामना व्यक्त गर्नुभयो । सोही संस्थाका सचिव दिगम्बर श्रेष्ठले स्वागत मन्तव्य तथा ऋषिकेश श्रेष्ठले सञ्चालन गर्नु भएको त्यस साधारणसभामा सोही संस्थाका अध्यक्ष उमेश श्रेष्ठले वार्षिक प्रतिवेदन , कोषाध्यक्ष अर्जुन श्रेष्ठले आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समिति संयोजक सुरेशचरण श्रेष्ठले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन पेश गर्नु भएको थियो । छलफल पछि पारित भएका ती प्रतिवेदनमा आर्थिक वर्ष २०७५/०७६ मा सो संस्थामा १,५६३ पुरुष र ७७९ महिला गरी २,३३२ जना शेयर सदस्य , रु.१,७५,०५,२०० शेयर पूँजी , रु.१८,७२,४९,१६९/७४ बचत संकलन , रु.१२,३१,९४,८६२ ऋण लगानी रहेको र आर्थिक वर्ष २०७६/०७७ मा शेयर सदस्य ३,००० , शेयर पूँजी रु.२,५०,००,००० र संस्थाको कारोवार रु.३०,००,००,००० भन्दा बढी पु-याउने लक्ष्य रहेको उल्लेख छ ।
त्यस अवसरमा सोही संस्थाका जेष्ठ सदस्यद्वय हरिभक्त श्रेष्ठ र काञ्छी सिनारीलाई सम्मान गरी मायाको चिनो प्रदान गरिएको थियो । सो संस्थाका शेयर सदस्यहरुका छोराछोरीहरुमध्ये २०७५ सालको एस.ई.ई. मा उत्कृष्ट जी.पी.ए.प्राप्त गरी उत्तीर्ण विद्यार्थीहरुलाई सम्मान गरी प्रशंसा-पत्र र मायाको चिनो प्रदान गरिएको त्यस सभामा महाकाली नाचका लागि नगदेश सांस्कृतिक पुच: मध्यपुर थिमि , भक्तपुर तथा गुँला नाचका लागि मध्यपुर गुँला बाजा व्यवस्थापन समिति , भक्तपुर र मानन्धर गुँला बाजा , मध्यपुर थिमि , भक्तपुरलाई सम्मानित गरिएको थियो ।



Leave a Reply