शंखधर साकोस , शंखधरचोक , भक्तपुरले शुरु गरेको समृद्धि बचत योजनामा सदस्यहरुको आकर्षण बढ्दै

0 Shares

भक्तपुरको मध्यपुर थिमि नगरपालिका-४, शंखधरचोक , भक्तपुरमा सथानीय समुदायमा आधारित रही सञ्चालन भइरहेको शंखधर बचत तथा ऋण सहकारी संस्था लि.ले २०७६ कार्तिख १९ गते आफू १२औं वर्ष फूरा गरी १३औं वर्ष प्रवेश गरेको अवसरमग शुभारम्भ गरेको ‘समृद्धि बचत योजना’प्रति सो संस्थाका सदस्यहरुको आकर्षण बढिरहेको उक्त संस्थाले जनाएको छ । न्युनतम अवधी १० वर्स र अधिकतम अवधि २० वर्ष रहेको र यसमा रु.१,००० देखि माथि रु.१५,००० सम्म मासिक रुपमा जम्मग गर्न सकिने र रु.१०,००० भन्दा माथि मासिक रुपमा नियमित रुपमा तोकिएको अवधिसम्म जम्मा गर्ने सदस्यलाई पुरस्कृत गरिने नीति रहेको उक्त समृद्धि बचत योजनामा त्यस संस्थाका सदस्यहरु सहभागी हुने क्रम चलिरहेको सोही संस्थाका व्यवस्थापक राजेन्द्रकुमार कायस्थले सहकारी सञ्जाललाई बताउनुभयो ।
२०७६ कार्तिक १९ गतेबाट सो संस्था १२ वर्ष पूरा भई १३औं वर्षमा प्रवेश गरेक छ । सोही दिन शंखधर पार्टी प्यालेस , शंखधरचोक , भक्तपुरमा उक्त संस्थाको स्थापना दिवस कार्यक्रम सम्पन्न भयो । सोही संस्थाका अध्यक्ष रामसुन्दर श्रेष्ठको अध्यक्षतामा सम्पन्न त्यस कार्यक्रमको सहकारी विद तथा नेफ्स्कूनका सल्लाहकार कैलाशभक्त प्रधानाङ्गले उद्घाटन गर्नुभयो । सो संस्थाको समृद्धि बचत योजनाको समेत उद्घाटन गर्नु भएका उहाँले त्यस अवसरमा सदस्यहरुको सहकारी संस्थामा नियमित बचत आफ्ना लागि मात्र नभई संस्था र आफ्ना छोरा , नाति , पनाति जस्तै वंशको लागि पनि हो भन्ने अर्थमा नियमित बचतकर्ता बुझ्नु पर्दछ , आफूले सहकारी संस्थामा जम्मा गरेको सानो -सानो रकम आफूलाई आवश्यक भएसम्मको रकम परिचालन गरी बाँकी रहेको निक्षेप रकम आफ्ना सन्तानका लागि छोड्ने आदर्श लक्ष्य नियमित बचतकर्ताले राख्नु जरुरी छ भन्दै यो कार्यक्रममा सहभागी हुनु भनेको पुण्य कार्यमा सम्लग्नता भएको ठान्नु सन्दर्भिक हुन्छ भन्नुभयो । त्यस अवसरमा जिल्ला सहकारी संघ लि.” भक्तपुरका अध्यक्ष केदार खड्का र भक्तपुरको मध्यपुर थिमि नगरपालिका- वडा नं. ४ का वडा अध्यक्ष कुमार श्रेष्ठले उक्त संस्थाको थप प्रगतिको कामना गर्नुभएको थियो । त्यस अवसरमा सोही सभाका अध्यक्ष श्रेष्ठले सो संस्थाको १२औं स्थापना दिवसको अवसरमा सबैलाई शुभकामना दिदै त्यस संस्थाले शुभारम्भ गरेको समृद्धि बचत योजनाको उद्देश्य बारे प्रकाश पार्नु भयो । उहाँले यस संस्थाले समृद्धि बचत योजना अगाडि बढाउनुको उद्देश्य भनेको सदस्यहरुलाई संस्थामा नियमित बचत गर्ने बानीलाई प्रभावकारी बनाउन , सदस्यहरुको भविष्यमा आवश्यक पूँजी निर्माण गरी आर्थिक अभाव हटाई समृद्ध बनाउन , सदस्यहरुलाई बचत गर्ने बानी प्रोत्साहित गरी भविष्यमा आउने योजना/परियोजनाको लागि पूँजी निर्माण गर्न , सदस्यहरुको आर्थिक सुरक्षा प्रदान गर्न आवश्यक परेका बखतमा ऋण प्रदान गर्ने , आफ्नो बचतले भोलिको सुन्दर भविष्य सुरक्षित गर्न र सदस्यहरुको बचतमा अधिकतम व्याज प्रदान गरी आर्थिक स्तर बृद्धि गरी सदस्यको जीवनस्तर माथि उठाउने रहेको बताउनुभयो ।
त्यस अवसरमा उक्त संस्थाका अध्यक्ष श्रेष्ठले अथितिहरुलाई मायाको चिनो प्रदान गर्नुभएको थियो ।


Leave a Reply