रेवतीप्रसाद दाहलको अध्यक्षता सञ्चालक सञ्चालक समिति चयन गर्दै प्रतिभा साकोस , लगनखेलको १३औं वार्षिक साधारणसभा सम्पन्न

0 Shares

ललितपुरको लगनखेलमा रहेको प्रतिभा बचत तथा ऋण सहकारी संस्था लि. को १३औं वार्षिक साधारणसभा रेवतीप्रसाद दाहालको अध्यक्षतामा सञ्चालक समिति चयन गर्दै २०७६ कार्तिक २३ गते साझा पार्टी प्यालेस , लगनखेलमा सम्पन्न भयो ।

सो सञ्चालक समितिको उपाध्यक्ष , सचिव र कोषाध्यक्षमा क्रमश: बलबहादुर के.सी. , सञ्जय तिमिल्सिना र शिवप्रसाद शर्मा तथा सञ्चालक सदस्यहरु रविन्द्र शाक्य , रोशन के.सी. , राजु घिमिरे , भक्तबहादुर दर्लामी , रचना पौडेल , रामजी तिमल्सिना र पवित्रा बस्नेत हुनुहुन्छ भने लेखा सुपरीवेक्षण समितिको संयोजक उद्धव पौडेल तथा सदस्यहरु नरेन्द्र तिमिल्सिना र आशा राई रहनु भएको छ ।

उक्त साधारणसभाको प्रदेश नं. ३ का प्रदेशसभा सदस्य माधव पौडेलले उद्घाटन गर्नु भएको थियो । त्यस अवसरमा उहाँले प्रतिभा साकोसले गरिरहेको प्रगति र यसले सामाजिक , आर्थिक तथा सांस्कृतिक क्षेत्र पु-याइरहेको योगदान देख्ता आफूलाई खुशी लागेको बताउनुभयो । मुलुकको आर्थिक , सामाजिक तथा सांस्कृतिक रुपान्तरणका लागि सहकारीले योगदान पु-याइरहेको चर्चा गर्दै सहकारीले बचत र ऋण कारोवारसँगै उत्पादनमूलक क्षेत्रमा लाग्नु पर्ने खाँचो औल्याउभयो । त्यस अवसरमा युवा स्वरोजगार कोषका कार्यकारी निर्देशक डा. विष्णु गौतम लगायतले सो संस्थाको थप प्रगतिको कामना गर्नुभयो । सोही संस्थाका अध्यक्ष रामहरि बजगाईले अध्यक्षता , उपाध्यक्ष रेवतीप्रसाद दाहालले सञ्चालन र सचिव बलबहादुर के.सी. ले सञ्चालन गर्नु भएको त्यस सभामा उक्त संस्थाका जेष्ठ शेयर सदस्यद्वय विष्णुप्रसाद रिजाल र रुमकुमारी ठकुरी , उत्कृष्ट बचतकर्ता ऋषिराम घिमिरे र राजकुमार रिजाल र रेणु खत्री , उत्कृष्ट ऋणी राजकुमार तिमल्सिना , निर्मला बल लामा र पुरुषोत्तम सुवेदी , वार्षिक रुपमा धेरै शेयर बनाउने उत्कृष्ट शेयर सदस्यद्वय सुनिता तिमल्सिना र समिष्ठा श्रेष्ठ तथा उत्कृष्ठ कर्मचारी लेखापाल कल्पना जोशीलाई सम्मान गरिएको थियो ।
त्यस सभामा सोही संस्थाका अध्यक्ष रामहरि बजगाईले उक्त संस्थाको सञ्चालक समितिको वार्षिक प्रतिवेदन , लेखा सुपरीवेक्षण समिति संयोजक सचितानन्द घिमिरेले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन र कोषाध्यक्ष माधवप्रसाद घिमिरेले आर्थिक प्रतिवेदन पेश गर्नु भएको थियो । उक्त सभामा छलफल गरी पारित भएका प्रतिवेदनमा आर्थिक वर्ष २०७५/०७६ मा सो संस्थामा शेयर सदस्य १,८५२ जना , शेयर पूँजी रु.३,५३,९०,७०० , बचत संकलन रु.१९,३३,०७,४२०/९१ , कर्जा लगानी रु.१७,४२,०३,६०१ र कूल कारोवार रु.२७,५१,३१,५८५/०९ रहेको उल्लेख छ ।
त्यस अवसरमा जिम्मेवारी हस्तान्तरण गर्दै ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. का अध्यक्ष समेत रहनु भएका सो संस्थाका नि:बर्तमान अध्यक्ष रामहरि बजगाईले सहकारीमा नेतृत्व विकास र हस्तान्तरण हुँदै जानु पर्छ भन्नुभयो ।

Leave a Reply