जिल्ला सहकारी संघ लि. , ललितपुरको २८औं वार्षिक साधारणसभा सम्पन्न , संघको अन्तर लानी कार्यक्रम अन्तर्गत कूल बचत परिचालन रु.४,४८,४३,४७७/५१

जिल्ला सहकारी संघ लि. , ललितपुरको २८ वार्षिक साधारणसभा सो संघका अध्यक्ष माधव दुलालको अध्यक्षतामा २०७६ कार्तिक २६ गते ललितपुरको महालक्ष्मीस्थान स्थित सोही संघको आफ्नै भवनमा सम्पन्न भयो । उक्त साधारणसभाको एक समारोहका वीच सोही सभाका अध्यक्ष माधव दुलालले उद्घाटन गर्नु भयो । त्यस अवसरमा उहाँले
विकासका दृष्टिकोणले सुन सुकै चरणमा रहेका मुलुकको समृद्धिमा सहकारीको प्रयोगबाट सफलता हासिल भएसँगै यसको महिमा अझै विस्तार हुदै गएको बताउदै विश्वभरका १ अर्व २० करोडभन्दा बढी व्यक्तिहरु यस अभियानमा आवद्ध भएको तथ्यांक रहेको र यसले विश्वभरका मानिसहरुको आर्थिक तथा सामाजिक विकासमा सहकारीको उत्साहजन प्रयोग भएको विषय प्रमाणित भै सकेको छ भन्नुभयो । उहाँले नेपालको सहकारी अभियान प्रारम्भमा सरकारको निर्देशन तथा व्यवस्थापनमा सञ्चालन भएतापनि वि.सं. २०४८ को सहकारी ऐन जारी भए पश्चात भने स्वस्फूर्त रुपमा संगठित हुन पुगेको बताउनुभयो । ललितपुर जिल्लामा सहकारी मार्फत सदस्यहरुको आर्थिक , सामाजिक तथा सांस्कृतिक रुपान्तरण गरी समतामूलक समाजको स्थापना गर्ने उद्देश्यले स्थापित सहकारी संघ संस्थाहरु मार्फत बचत परिचालन , कृषि , दुग्ध , चिया , कफी , उपभोक्ता भण्डार , स्वास्थ्य , शिक्षा , ग्रामीण विद्युतीकरण , सञ्चार , जडीबुटी , सिञ्चाई , पर्यटन लगायत विभिध क्षेत्रमा कार्य भइरहेको उहाँको भनाई थियो । उहाँले प्रस्तावित प्रदेश नं.३ सहकारी संघ लि.को अध्यक्षमा यस संघका सल्लाहकार रामशरण शर्मा घिमिरे र सञ्चालकमा यस संघका सञ्चालक अम्बिकाकुमारी थापा चयन हुनुभएको र प्रस्तावित प्रदेश नं. ३ बचत तथा ऋण सहकारी संघ लि.को सञ्चालक मा यसै संघका सञ्चालक इन्द्र घिमिरे चयन हुनु भएको बताउनुभयो । त्यस अवसरमा सोही संघका सल्लाहकार विजयरमण घिमिरे र उत्त संघका सदस्य तथा ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. का अध्यक्ष रामहरि बजगाईले शुभकामना मन्तव्य व्यक्त गर्दै सं संघको प्रगतिको कामना गर्नुभयो । उक्त संघका सञ्चालक अम्बिकाकुमारी थापाले स्वागत मन्तव्य र सञ्चालक शशिधर पोखरेल सञ्चालन गर्नु भएको त्यस सभामा सोही संघका अध्यक्ष माधव दुलालले उक्त संघको आर्थिक वर्ष २०७५/०७६ को प्रगति प्रतिवेदन , सञ्चालक इन्द्र घिमिरेले आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समिति संयोजक अनिलवीर बज्राचार्यले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन पेश गर्नुभयो । छलफल गरी सो सभाले पास गरेको प्रतिवेदनहरुमा सोही संघमा आर्थिक वर्ष २०७५/०७६ मा शेयर सदस्य संघ/संस्था ७५८ , शेयर रकम रु.७६,७३,४०० , निक्षेप तथा बचत रु.४,४८,४३,४७७/५२ , आय रु.४७,२८,००६/१९ , व्यय रु.४४,२४,९६६/९६ , , बचत रु.२,९३,०३९/२३ , अन्तर लगानी कार्यक्रम अन्तर्गत रु.कूल बचत परिचालन रु.४,४८,४३,४७७/५१ , कूल ऋण लगानी रु.२,२८,१०,५९७/१९ , व्याज तथा अन्य आम्दानी रु.३१,२९,५२१/१३ , व्याज खर्च रु.२३,१९,८८३/०२ रहेको उल्लेख छ । त्यसैगरी सोही प्रतिवेदनमा “नेपाल सरकार , भूमि व्यवस्था , सहकारी तथा गरिवी निवारण मन्त्रालय तथा संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (UNDP) अन्तर्ग सहकारी बजार विकास कार्यक्रम (CMDP) र यस संघको संयुक्त कार्यक्रमको रुपमा सहकारी बजार विकास कार्यक्रम सञ्चालन गरिएको छ । सहकारी संस्थाहरुमा किसानहरुलाई आवद्ध हुन प्रोत्साहित गरी उद्यशीलताको विकास गर्दै उत्पादित बस्तुहरुको सहकारी मार्फत पकेट क्षेत्र , स्थानीय तह , जिल्ला तह , क्षेत्रीय तथा केन्द्रीय स्तरमा गुणस्तरीय बजारीकरण गर्ने कार्यक्रमको मुख्य उद्देश्य रहेको छ । कार्यक्रमको उद्देश्य बमोजिम तरकारी तथा फलफूल उत्पादनको पकेट क्षेत्र छनौट भई संघका निम्न बमोजिमका १२ वटा सदस्य सहकारी संस्थाहरुसँग सम्झौता भई उक्त कार्यक्रम लागू भइसकेको छ ।
कार्यक्रम लागू गरिएका सदस्य संस्थाहरु :
(क) नवदिप बहुउद्देश्यीय सहकारी संस्था लि. , गोटिखेल , (ख) चापागाउँ च्याउ उत्पादन सेवा सहकारी संस्था लि. , चापागाउँ , (ग) प्रगतिशील बहुउद्देश्यीय सहकारी संस्था लि. , ठूलादूर्लुङ्ग , (घ) भट्टेडाडाँ कृषि सहकारी संस्था लि. , भट्टेडाडाँ , (ङ) सारङ्गी डाडाँ महिला कृषि सहकारी संस्था लि. ,देवीचौर , (च) चन्दनपुर बहुउद्देश्यीय सहकारी संस्था लि. , चन्दनपुर ,(छ) रुपतारा कृषि सहकारी संस्था लि. , प्युटार ,(ज) आस्था बहुउद्देश्यीय सहकारी संस्था लि. , इकुडोल ,(झ) सरस्वती कुण्ड कृषि सहकारी संस्था लि., लेले ,(ञ) शिशिर कृषि सहकारी संस्था लि. , मानिखेल , (ट) इन्द्रकमल महिला कृषि सहकारी संस्था लि. , छम्पी र (ठ) सौउरा कृषि सहकारी संस्था लि., घुसेल” उलेखित रहेको छ ।
त्यस अवसरमा बचततर्फ हाम्रो थैली बचत तथा ऋण सहकारी संस्था लि. लगनखेल , ललितपुर र ऋण तर्फ विश्वज्योती बहुउद्देश्यीय सहकारी संस्था लि. , ताल्छिखेल , ललितपुरलाई सम्मानित गरिएको थियो ।