नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग गर्ने बंगलादेशका राष्ट्रपति हमिदको बचनबद्धता

४ दिने नेपाल बसाई सकेर हिजो साँझ स्वदेश फर्किएका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग गर्ने बचनबद्धता व्यक्त गर्नु भएको छ । नेपाल भ्रमणमा आउने बंगलादेशी पर्यटकको संख्या घटिरहेको बेला नेपाल भ्रमणको पूर्वसन्ध्यामा उहाँको यो बचनबद्धतालाई सकारात्मक रुपमा लिइएको छ । गत मंगलबार नेपाल भ्रमणमा काठमाडौं आइपुग्नु भएका राष्ट्रपति हमिदले राजनीति भेटघाटसँगै नेपालका ऐतिहासिक , पुरातात्विक तथा प्राकृतिक सौन्दर्यले भरिपूर्ण भक्तपुर दहवार स्क्वायर , ललितपुरको पाटन दरवार स्क्वायर , पोखरा तथा काठमाडौं चन्द्रगिरि लगायतको अवलोकन गर्नु भएको थियो । त्यस क्रममा उहाँले पोखराको फेवा तालमा नेपाल प्रहरीको डुङ्गा चढेर जल विहार पनि गर्नु भएको थियो ।
हिजो साँझ स्वदेश फर्किएका उहाँलाई राष्ट्रपति विद्यादेवी भण्डारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाई गर्नु भएको थियो ।