चन्द्रागिरि साकोसको आयोजनामा प्रविधि साक्षरता गोष्टि सम्पन्न

0 Shares

चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था लि. , चेकपोष्ट , थानकोट , काठमाडौंको आयोजनामा आज  प्रविधि साक्षरता गोष्ठी सञ्चालन भएको छ । बदलिँदो समय अनुसार Digital Platform हरु प्रयोग गरी लेखपढ गर्ने , सृजना गर्ने , मूल्याङ्कन गर्ने , सन्देश तथा जानकारीहरु आदान प्रदान गर्ने र सदस्यहरुको ज्ञान , सीप र क्षमतालाई अभिबृद्धि गर्ने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको सो संस्थाले जनाएको छ । हाल उक्त संस्थाको चन्द्रागिरि एम.सर्भिस प्रयोगकर्ताहरुको सहभागीतामा थानकोटस्थित ग्रीनल्याण्ड ब्याङ्क्वेटमा सञ्चालित उक्त कार्यक्रममा प्राविधिक सहयोग हाम्रो टेक्नोलोजीले गरेको थियो ।

अध्ययन अनुसार सहकारी क्षेत्रले खासगरी युवा उमेर समूहका व्यक्तिहरुलाई संलग्न हुन र कारोवार गर्न धेरै आकर्षित गर्न सकेको नदेखिनुको कारण सहकारीले प्रविधिमा आधारित सेवाहरु प्रदान गर्न नसक्नु र प्रयोग गरिएका प्रविधिहरुको पनि यथोचित जानकारी गराउन नसक्नु रहेकोले प्रविधिमा आधारित सेवाहरुको प्रयोग गर्ने सीप विकास गर्नको लागि प्रयोगात्मक अभ्यास गर्नुको साथै र Digital Platform हरुमा उपलब्ध विविध प्रकारका उपयोगी एप्लीकेसनहरुको प्रयोग सम्बन्धी जानकारी गोष्ठीमा गराईएको आयोजकले  बताए ।

Leave a Reply