इको हिमाल साकोस , बालाजुको ११ औं वार्षिक साधारणसभा सम्पन्न ,संस्थाको निक्षेप दायित्व रु. १९,३०,३८,००३/०६

0 Shares

काठमाडौंको बालाजुमा रहेको इको हिमाल बचत तथा ऋण सहकारी संस्था लि. को ११ औं वार्षिक साधारणसभा आज राष्ट्रिय सहकारी विकास बोर्डका सह-अध्यक्ष दक्ष पौडेलको प्रमुख आतिथ्यता तथा सो संस्थाका अथ्यक्षj प्रेमकृष्ण श्रेष्ठको अध्यक्षतामा माउण्टेन  फुडल्याण्ड  , अन्नपूर्ण चोक ,ढुङ्गेधारा ,रिङ्गरोडमा सम्पन्न भयो । 

उक्त साधारणसभाको उद्घाटन गर्दै प्रमुख अतिथि पौडेलले इको हिमाल साकोसले आफ्ना सदस्यहरुलाई प्रदान गरिरहेको सेवा उत्कृष्ट रहेको बताउदै राष्ट्रिय सहकारी विकास बोर्डले सहकारीको विकास र प्रवर्द्धन गर्ने कार्य गरिरहेको बताउनुभयो । त्यस सभाको अध्यक्षता गर्दै सोही सहकारी संस्थाका अध्यक्ष प्रेमकृष्ण श्रेष्ठले हाम्रो यस  इको हिमाल बचत तथा ऋण सहकारी संस्था लि. शुरुदेखि नै नाफामा सञ्चालन हुँदै आएको र यसले आफ्ना शेयर सदस्यहरुलाई बोनस प्रदान गर्दै आएको अवगतै छ भन्दै यस वर्ष पनि यस संस्थाले आफ्ना शेयर सदस्यहरुलाई १५ प्रतिशत बोनस दिदै आगामी वर्षहरुमा अझ बढी बोस दिन र संस्थाको प्रगतिको लागि सबै शेयर सदस्य महानुभावहरुले आफ्नो सम्पूर्ण कारोवार यस संस्थाबाट गरी यस संस्थालाई प्रगतितीर लान सहयोग गर्नु हुने  छ भन्ने विश्वास लिएको बताउनुभयो ।  उहाँले यस संस्थाको समेत सम्लग्नता रहने गरी काठमाडौंको बालाजु चोकमा भवन बनाई भाडामा लगाई राखेको बताउनुभयो । त्यस अवसरमा आफ्नो मन्तव्य व्यक्त गर्दै नेशनल को-आपरेटर्स एलायन्स , नेपालका केन्द्रीय सह-अध्यक्ष तथा नेपाल उपभोक्ता केन्द्रीय सहकारी संघ लि. का उपाध्यक्ष एवं जिल्ला सहकारी संघ लि. , काठमाडौंका सल्लाहकार गोविन्दप्रसाद शर्माले इको हिमाल साकोसले गरिरहेको प्रगति देख्दा आफूलाई खुशी लागेको बताउदै संघीयताले सबै कुरा सहज गर्दै लानु पर्ने हो तर  प्रदेश नं. ३ अन्तर्गतका काठमाडौ उपत्यका लगायतका सहकारी संस्थाहरुलाई रिपोर्ट बुझाउने जस्ता कामका लागि हेटौडा जान असहज भएकोले  प्रदेश नं. ३ को सहकारी सम्पर्क कार्यालय काठमाडौंमा स्थापना गरी काय गर्न सहज बनाउनु पर्ने बताउनुभयो । त्यस अवसरमा सहकारी विज्ञ डा. ज्ञानेन्द्रप्रसाद पौडेलले इको हिमाल साकोसले आर्थिक , सामाजिक तथा सांस्कृतिक क्षेत्रमा पु-याइरहेको योगदानको प्रशंसा गर्दै सहकारीलाई सदस्यमुखी बनाउनु पर्ने खाँचो औल्याउनुभयो । उहाँले सहकारीको साधारणसभामा अनावश्यक अतिथीहरु बोलाई समय खर्चिनुको सट्टा सदस्यहरुको वीचमा नै अन्याक्रिया गरी संस्थाको विगतको क्रियाकलापहरुको समीक्षा गर्दै भावी कार्यक्रमहरुको बारेमा केन्द्रित हुनु पर्ने खाँचो औल्याउनुभयो ।  “सहकारीको साधारणसभामा सरकारी उच्च पदस्थ व्यक्तिहरु , सदस्य बाहेकका सरकारी तथा सहकारी क्षेत्रका नेताहरु एवं उच्च पदस्थ व्यक्तिहरु कोही पनि अतिथिको रुपमा उपस्थित हुने परम्परालाई परिमार्जन गरी अतिथि विहीन तर सदस्य केन्द्रित साधारणसभा हुनु पर्ने र अतिथिको कारण सदस्यहरुको भूमिकामा कही कतै कमी आउन दिनु हुदैन तर सहकारीको स्थापना दिवस/ वार्षिक उत्सव या अन्य कार्यक्रममा भने अतिथि बोलाउने कार्यलाई नकार्न सकिदैन” उहाँको भनाई थियो ।

उक्त अवसरमा जिल्ला सहकारी संघ लि. , काठमाडौंका सञ्चालक तथा कालीगण्डकी बचत तथा ऋण सहकारी संस्था लि. , गोंगबु , काठमाडौंका सचिव एवं प्रवन्ध निर्देशक गणेशबहादुर खत्रीले इको हिमाल सहकारी एक उत्कृष्ट संस्थाको रुपमा स्थापित भएको बताउदै यसको थप सफलताको कामना गर्नुभयो । उक्त संस्थाका उपाध्यक्ष विष्णुबहादुर श्रेष्ठले स्वागत मन्तव्य र सचिव तथा प्रवन्ध निर्देशक लेखनाथ पौडेलले सञ्चालन गर्नु भएको त्यससभामा विद्युत विकास समाजका सल्लाहकार हरिराज वाग्लेले इको हिमाल साकोसको प्रगतिप्रति खुशी व्यक्त गर्दै  सो संस्थाको थप प्रगतिको कामना  गर्नुभयो । सो सभामा  त्यस संस्थाका सचिव तथा प्रवन्ध निर्देशक लेखनाथ पौडेलले  उक्त संस्थाको सञ्चालक समिति तर्फबाट वार्षिक प्रतिवेदन , सञ्चालक सदस्य कृष्णप्रसाद पराजुलीले आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समिति सदस्य काञ्चा महर्जनले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन पेश गर्नुभयो । आवश्यक छलफल गरी पारित गरिएका ती प्रतिलेदनमा आर्थिक वर्ष २०७५/०७६ मा त्यस संस्थामा शेयर पूँजी रु.१,५६,५१,७०० , निक्षेप दायित्व रु.१९,३०,३८,००३/०६ , कर्जा  तथा  सापटी हिसाव रु.१८,७२,२५,१५७/९८ र कुल मुनाफा रु.३०,२९,९७२/४२  रहेको उल्लेख छ । उक्त साधरणसभाले सो संस्थाको रिक्त लेखा सुपरीवेक्षण समिति संयोजकमा काञ्छा महर्जन र सदस्यमा निभा महर्जनलाई निर्विरोध चयन गरेको छ ।

उक्त सभामा त्यस संस्थाका शेयर सदस्यहरुमध्ये उत्कृष्ट कारोवार गर्ने माधवध्वज रानालाई सम्मान गरियो भने सोही संस्थाका शेयर सदस्यहरुका छोराछोरीहरुमध्ये २०७५ सालको एस.ई.ई. परीक्षामा उत्कृष्ट जी.पी.ए. का साथ उत्तीर्ण हुने अस्मिता शाक्य , विनय वाग्ले र कृष महर्जनलाई नगद पुरस्कार तथा प्रशंसा-पत्र प्रदान गरिएको थियो ।

Leave a Reply