कल्पना श्रेष्ठको अध्यक्षतामा मकवानपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. को सञ्चालक समिति चयन

0 Shares

१३८ वटा साकोसहरु सदस्य रहेको  मकवानपुर  जिल्ला बचत तथा ऋण सहकारी संघ लि. , को हिजो सम्पन्न १४औं वार्षिक साधारणसभा तथा छैटौँ  चुनावी सभाबाट कल्पना श्रेष्ठको अध्यक्षतामा  सञ्चालक समिति चयन भएको छ । उक्त सञ्चालक समितिको अध्यक्ष पदमा कल्पना श्रेष्ठ ५० मत प्राप्त गरी विजयी हुनुभएको थियो भने अध्यक्ष पदका अर्का प्रतिस्पर्धी राजु गौतमले ३५ मत प्राप्त गर्नु भएको थियो  । हेटौडाबाट प्राप्त खबर अनुसार उक्त सञ्चालक समितिको उपाध्यक्ष पदमा मीना चौरेल ६० मत , सचिव पदमा वीरेन्द्र ढुङ्गाना ५१ मत  र कोषाध्यक्ष पदमा विष्णुमाया लामा ५५ मत तथा खुल्ला सदस्य पदमा जुना दंगाल ४७ र हिमाल पौडेल ४६ मत प्राप्त गरी विजयी हुनुभयो भने त्यस समितिको उपाध्यक्ष पदमकी प्रतिस्पर्धी लक्ष्मी मोक्तानले २४ मत , सचिव पदका प्रतिस्पर्धी उद्धव लामिछानेले ३४ मत र कोषाध्यक्ष पदकी प्रतिस्पर्धी शर्मिला श्रेष्ठले २७ मत तथा खुल्ला सदस्य पदका प्रतिस्पर्धी हरिमाया ढकालले ३५ र रमेशकुमार रानाले १६ मत  प्राप्त गर्नु भएको निर्वाचन समितिले जनाएको छ । त्यसैगरी सो संघको सञ्चालक समितिको सह-सचिव पदमा विजयबहादुर बस्नेत तथा  क्षेत्रगत सञ्चालक सदस्यमा शंकरप्रसाद कालाखेती ,  सीताराम दाहाल , फणीन्द्रराज सुवेदी र शर्मिला महत तथा लेखा सुपरीवेक्षण समिति संयोजक पदमा सुलोचना स्याङतान तथा सदस्य पदमा सचिता भट्टराई र पुष्पराज पराजुली निर्वाचित हुनु भएको छ ।

११० जना मतदाता रहेपनि त्यस निर्वाचनमा ८६ मत खसेको थियो । सञ्चालक समिति तथा लेखा सुपरीवेक्षण समितिका नव निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई निर्वाचन समितिले आज निर्वाचित प्रमाण-पत्र प्रदान गर्ने कार्यक्रम रहेको प्राप्त समाचारमा जनाइएको छ ।

Leave a Reply