सर्वसुलभ सहकारीको १० औं वार्षिक साधारणसभा सम्पन्न , उत्कृष्ट कर्मचारी सम्मान बुढाथोकीलाई , हुतराज ढुङ्गानाको अध्यक्षतामा सञ्चालक समिति चयन

0 Shares

बारा जिल्लाको जितपुर सिमरा उप-महानगरपालिका –१८ , बडहर्वा चोकमा रहेको सर्वशुलभ बचत तथा ऋण सहकारी संस्था लि.को १० औं बार्षिक साधारणसभा बारा जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष सतेन्द्र ठाकुरको प्रमुख आतिथ्यता तथा सो संस्थाका अध्यक्ष धुव्र सिग्देलको अध्यक्षतामा यही कात्तिक २९  गते बडहर्वा चोकमा रहेको विद्यालय प्राङ्गडमा सम्पन्न भएको छ ।

सो साधारणसभाको उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि ठाकुरले यस सर्वसुलभ बचत तथा ऋण सहकारी संस्था लि.ले आर्थिक , सामाजिक तथा सांस्कृतिक क्षेत्रमा पु-याएको योगदानको प्रशंसा समेत गर्नु भएको थियो ।

त्यसैगरी विशिष्ट अतिथिहरुमा नेफ्स्कुन  फिल्ड कार्यालय , वीरगञ्जका प्रमुख  बृजेश गुप्ता र राष्ट्रिय सहकारी बैंक लि. , सिमराका प्रमुख सुरेश लागे तथा अन्य अतिथिहरुमा जितपुर सिमरा उ.प.न.पा.–१६ का वडा अध्यक्ष केदारनाथ बजागाई , कलैया उ.प.न.पा.– २४ का वडा अध्यक्ष हरिलाल चौधरी , सहकारी सञ्जालका  प्रकाशक/ कार्यकारी सम्पादक कृष्णप्रसाद ढुंगेल , समाजसेवी बसन्तकुमार खतिवडा , पञ्चामृत दुग्ध सहकारी संस्था लि.का कोषाध्यक्ष सन्तोष पाण्डे , लामीडाडा विद्यालयकी शिक्षिका नर्मदा अधिकारी दाहाल ,  समाजसेवी / पत्रकार विदुर खड्का लगायत विभिन्न संघ/सस्थाहरुका प्रतिनिधिहरुको उल्लेख्य मात्रामा उपस्थिति रहेको थियो

सो बार्षिक साधारणसभाको अवसरमा संस्थाले उत्कृष्ट बचतकर्तामा गौरीमाया थिङ , उत्कृष्ट कारोबारकर्ता शिवप्रसाद उपाध्याय , जेष्ठ नागरिकमा  ७५ बर्षिय देवीबहादुर भण्डारी र  ७३ बर्षीय चम्पवा अहिरीनलाई सम्मान गरिएको थियो भने  श्री नेपाल राष्ट्रिय माध्यामिक विद्यालय मनहर्वाका कक्षा ६ देखि १० सम्मका १८ जना प्रथम , द्वितीय र तृतीय हुने विद्यार्थीहरुलाई शैक्षिक सामाग्री तथा स्कूल ब्याग वितरण समेत गरिएको थियो । त्यस अवसरमा उक्त संस्थाका २३ जना संस्थापक सदस्यहरुलाई सम्मानित गरिएको थियो । त्यसैगरी संस्थाको हरेक क्रियाकलापमा सक्रिय रुपमा पु-याएको योगदानको कदर गर्दै संस्थाका उपाध्यक्ष जोखु राउतलाई उत्कृष्ट सञ्चालकको रुपमा सम्मान तथा संस्थाको वित्तीय व्यवस्थापन र सदस्यहरुको भूमिकामा रहेर प्रशंसायोग्य कार्य गरेको मुल्यांकन गर्दै संस्थाका व्यवस्थापक चन्द्रबहादुर बुढाथोकीलाई उत्कृष्ट कर्मचारी सम्मान- २०७६ बाट प्रशंसा-पत्र सहित सम्मान गरिएको थियो ।  जितपुर सिमरा उ.प.न.पा.का वडाहरु मध्येको उत्कृष्ट वडाध्यक्षको रुपमा  सोही उ.प.न.पा.–१६ का वडा अध्यक्ष केदारनाथ बजगाई , कलैया उ.प.न.पा.- २१ र २२ का वडाध्यक्षहरु क्रमश: पुनदेव प्रसाद रौनियार र   लालबाबु प्रसाद यादवलाई सम्मान गरिएको थियो ।

उक्त साधारणसभाले  हुतराज ढुंगानाको अध्यक्षतामा सो संस्थाको नयाँ सञ्चालक समिति समेत चयन गरेको छ । सो समितिको उपाध्यक्षमा जोखु राउत , सचिवमा राजेशकुमार भण्डारी , कोषाध्यक्ष राजनकुमार पौडेल तथा सदस्यहरुमा शिखा थापा बस्नेत , सुरेशबाबु राम र  जीतनारायण राउतलाई निर्वाचित गरेको छ ।  यसैगरी लेखा सुपरीवेक्षण समिति संयोजक श्यामचन्द्र प्रसाई तथा सदस्यहरुमा प्रेमलाल यादव र बिजुलीप्रसाद शाह चयन हुनुभएको छ।

जितपुर सिमरा उ.प.न.पा.को १६ ,१७ र १८ वडाहरु तथा कलैया उ.प.न.पा.को १५ ,१६ ,२१,२२ र २४ वडाहरुलाई  कार्यक्षेत्र बनाई वित्तीय कारोबार गर्दै आइरहेको यस संस्थामा हालसम्म ७९९ सदस्यहरु आबद्ध भइसकेका छन् ।

अन्तराष्ट्रिय सहकारी, मुल्य , मान्यता र सिद्धान्तको पालना गर्दै आइरहेको यस संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमहरु समेत सञ्चालन गर्दै आइरहेको छ ।

Leave a Reply