बागमती सहकारीको ११औं वार्षिक साधारणसभा सम्पन्न

रौतहट जिल्लाको चन्द्रपुर नगरपालिकाको बागमतीमा रहेको बागमती बचत तथा ऋण सहकारी संस्था लि.को ११ औं बार्षिक साधारणसभा संघीय संसदको विकास तथा प्रविधि समितिका सभापति कल्याणी खड्काको प्रमुख आतिथ्यता तथा सो संस्थाका अध्यक्ष पदमप्रसाद पाहाडीको अध्यक्षतामा यही कार्तिक ३० गते सम्पन्न भएको छ ।
सो सभाको विशिष्ट अतिथिहरुमा चन्द्रपुर नगरपालिकाका उप–प्रमुख रामरती चौधरी , रौतहट जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का महासचिव देवबहादुर सापकोटा , चन्द्रपुर नगरपालिकाका सहकारी शाखा प्रमुख चन्द्रकला बराल , चन्द्रपुर नगर सहकारी सञ्जालका अध्यक्ष खड्गबहादुर तामाङ, अतिथिहरुमा राष्ट्रिय सहकारी बैंक लि. , रौतहट शाखाका प्रतिनिधि , नेफ्स्कून फिल्ड कार्यालय , हरिवनका उप –समिति सदस्य तथा संकल्प बचत तथा ऋण सहकारी संस्था लि. , का अध्यक्ष विभुकुमार पोखरेल , एकीकृत बचत तथा ऋण सहकारी संस्था लि. का अध्यक्ष दीपक रेग्मी , गुन्जन सूचना तथा सञ्चार सहकारी लि.का स्टेसन म्यानेजर तथा नगर सहकारी सञ्जालका सचिव संजय कार्की , बागमती बचत तथा ऋण सहकारी संस्था लि.का संस्थापक अध्यक्ष तथा रौतहट जिल्ला बचत तथा ऋण सहकारी संघ लि. का सचिव बालकुमार लामा , उन्नतिशील महिला बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष दुर्गा दाहाल , कदम कृषि सहकारी संस्था लि.का अध्यक्ष शुभद्रा कोइराला , संस्थाका सल्लाहकार बलराम जोशी , चन्द्रपुर नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष वीरबहादुर रखाल लगायतको उपस्थिति रहेकोे थियो । उक्त सभाको सञ्चालन सोही संस्थाका सचिव रामबाबु चौधरीले गर्नु भएको थियो ।
सो संस्थाले उक्त बार्षिक साधारणसभाको अवसर पारेर विभिन्न व्यक्तित्वहरुलाई सम्मान समेत गरेको थियो । उक्त कार्यक्रमको सहजीकरण सो संस्थाका व्यवस्थापक नरेश प्रधानले गर्नु भएको थियो ।