सहयोगी बहुउद्देश्यीय सहकारी संस्था लि. लुभूको २३औं वार्षिक साधारणसभा सम्पन्न , संस्थाको कर्जा लगानी रु.७१,२०,४३,७१२/०९

ललितपुरको महालक्ष्मी महानगरपालिका – ८ , क्वेय्ढोका , लुभूमा आफ्नै भवनबाट सञ्चालन मइरहेको सहयोगी बहुउद्देश्यीय सहकारी संस्था लि.को २३औं वार्षिक साधारणसभा २०७६ कार्तिक २३ गते राष्ट्रिय सहकारी बैंक लि. का अध्यक्ष के.वी.उप्रेतीको प्रमुख आतिथ्यता र सोही संस्थाका अध्यक्ष नारायण भक्त श्रेष्ठको अध्यक्षतामा वेष्टविङ्ग मा.वि. लुभू परिसरमा सम्पन्न भयो । उक्त साधारणसभाको उद्घाटन गर्दै प्रमुख अतिथि उप्रेतीले यस सहयोगी बहुउद्देश्यीय सहकारी संस्था लि. ले सहकारी क्षेत्रमा पु-याइरहेको महत्वपूर्ण योगदानको कदर तथा प्रशंसा गर्दै नेपाल जस्तो न्युन आर्थिक बृद्धि , बेरोजगारी , आर्थिक विकासमा क्षेत्रीय असमनता , व्याप्त गरिवी र विप्रेषणमुखी अर्थतन्त्रलाई सुधार गर्नको लागि वीमा व्यवस्था , युवा स्वरोजगार कार्यक्रम , भविष्य कार्यक्रममा सहभागिता र व्यवस्थापनमा सञ्चालन हुने सहकारी पद्धति मार्फत आम समुदायलाई संगठित गराई देशको आर्थिक , सामाजिक तथा सांस्कृतिक रुपान्तरणमा यस संस्थाले पु-याएको योगदानको कदर होस भन्नुभयो । सो सभाको अध्यक्षता ग्रहण गर्दै नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघ लि. का उपाध्यक्ष समेत रहनु भएका उक्त संस्थाका अध्यक्ष श्रेष्ठले
सहकारी ऐन , २०७४ को व्यवस्था भए अनुरुप एक सहकारी एक सदस्य २०७७ असोज मसान्तभित्र गरी सक्नु पर्ने गरी सहकारी विभागद्वारा जारी सूचना अनुसार यस सहयोगी बहुउद्देश्यीय सहकारी संस्था लि.ले पनि २०७६ सालबाट एक सहकारी एक सदस्य लागू गरेको बताउनुभयो । त्यस अवसरमा मनासलु बहुउद्देश्यीय सहकारी संस्था लि., त:ढोका , ललितपुरका अध्यक्ष तथा सहकारी प्रशिक्षक राजेन्द्र पौडेलले सहयोगी बहुउद्देश्यीय सहकारी संस्था लि. ले , आर्थिक , सामाजिक तथा सांस्कृतिक क्षेत्रमा महत्वपूर्ण योगदान पु-याउदै गरिरहेको प्रगतिप्रति खुशी व्यक्त गर्दै सो संस्थाको थप प्रगतिको कामना व्यक्त गर्नुभयो । त्यस संस्थाका सल्लाहकार नारायणलाल श्रेष्ठले स्वागत मन्तव्य तथा सचिव अनिल श्रेष्ठ र सञ्चालक सदस्य रामकृष्ण श्रेष्ठले सञ्चालन गर्नु भएको उक्त सभामा सोही संस्थाका सचिव अनिल श्रेष्ठले उक्त संस्थाको वार्षिक कार्यक्रम तथा प्रतिवेदन , कोषाध्यक्ष नवीन श्रेष्ठले आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समिति संयोजक गौतमलाल श्रेष्ठले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन पेश गर्नुभयो । आवश्यक छलफल गरी पारित उक्त प्रतिवेदनमा सो संस्थामा आर्थिक वर्ष २०७५/०७६ मा शेयर सदस्य ३,४३२ जना , शेयर पूँजी रु.८,९३,६२,००० , बचत संकलन रु.६०,२५,०९,९६२/४३ र कर्जा लगानी रु.७१,२०,४३,७१२/०९ रहेको उल्लेख छ ।
सो अवसरमा सोही संस्थाका ८० वर्षभन्दा माथि उमेरका जेष्ठ सदस्यहरु लक्ष्मी श्रेष्ठ , कृष्णबहादुर श्रेष्ठ , बेखलाल श्रेष्ठ , बाबुकाजी महर्जन , हरिमाया श्रेष्ठ , सीलाल महर्जन , रत्नमाया महर्जन र गुप्तबहादुर थापालाई सम्मान गरिएको थियो ।
उक्त संस्थाले ललितपुरको लुभूमा आफ्नै सुविधा सम्पन्न भवनबाट बचत तथा ऋण कारोवारसँगै सहयोगी उपभोक्त सहकारी फसल , सहयोगी ग्यास डिपो र वेष्टविङ्ग मा.वि. सञ्चालन गरिरहेको र लुभूमा नै आधुनिक ढंगबाट वृद्धाश्रम सञ्चालनको तयारी गरिरहेको बताएको छ ।