हेलो कञ्चनजंघा साकोस , न्युरोडको १० औं वार्षिक साधारणसभा सम्पन्न , संस्थाको अध्यक्षमा रामहरि बजगाई

0 Shares

काठमाडौको , प्युखा , न्यूरोडमा रहेको हेलो कञ्चनजंघा बचत तथा ऋण सहकारी संस्था लि. को १०औं वार्षिक साधारणसभा रामहरि बजगाईको अध्यक्षतामा सञ्चालक समिति चयन गर्दै २०७६ कार्तिक ३९ गते सासा बैंक्वेट विसाल बजाय , काठमाडौंमा सम्पन्न भयो । सो संस्थाको सञ्चालक समितिको उपाध्यक्ष , सचिव र कोषाध्यक्ष क्रमश : सुमेन्द्र तण्डुकार , रमेशप्रसाद कोइराला र केदारप्रसाद न्यौपाने तथा सदस्यहरुमा बाबुराम कोइराला , राघवेन्द्र तिमल्सिना  र लक्ष्मी थापा हुनुहुन्छ भने लेखा सुपरीवेक्षण समितिको संयोजक डिल्लीराज दुलाल तथा सदस्यहरु भुवन लामिछाने र भगवती चन्द रहनु भएको छ ।

सोही संस्थाका अध्यक्ष रामहरि बजगाईको अध्यक्षतामा सम्पन्न उक्त साधारणसभाको राष्ट्रिय सहकारी बैंक लि. का अध्यक्ष के.वी. उप्रेतीले एक समारोहका वीच उद्घाटन गर्नुभयो । त्यस अवसरमा अध्यक्ष उप्रेतीले यस हेलो कञ्चनजंघा साकोसले आफ्ना शेयर सदस्यहरुप्रति उत्तरदायी भई  आर्थिक , सामाजिक तथा सांस्कृतिक क्षेत्रमा गरिरहेको योगदान र यसको प्रगति देख्ता आफूलाई खुशी लागेको बताउनुभयो । उक्त अवसरमा जिल्ला सहकारी संघ लि. , काठमाडौंका अध्यक्ष टेकप्रसाद चौलागाई र कास्कूनका अध्यक्ष दीपक पनेरु र काठमाडौं महानगरपालिका वडा नं. २२ का वडा अध्यक्ष चिनीकाजी महर्जनले सो संस्थाको थप प्रगतिको कामना व्यक्त गर्नुभयो ।

त्यस  संस्थाका सचिव माधवप्रसाद तिमिल्सिनाले सञ्चालन र सञ्चालक सदस्य रमेशप्रसाद कोइरालाले स्वागत मन्तव्य व्यक्त गर्नु भएको उक्त साधारणसभामा त्यसै संस्थाका अध्यक्ष रामहरि बजगाईले सञ्चालक समितिको वार्षिक प्रतिवेदन , कोषाध्यक्ष केदारप्रसाद न्यौपाने र लेखा सुपरीवेक्षण समितिका संयोजक भगीरथ तिमल्सिनाले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन पेश गर्नु भएको थियो । साधारणसभाले पारित गरेको उक्त प्रतिवेदनमा त्यस संस्थामा आर्थिक वर्ष २०७५/०७६ मा शेयर सदस्य १,५९२ , शेयर पूँजी रु.३,४८,६९,७००  , बचत संकलन रु.३७,२१,७४,२१४/६८ र कर्जा लगानी रु.३३,३०,०६,८६५/८० , विभिन्न कोषहरु रु.१,९२,८१,८५०/२१ , कूल सञ्चालन आम्दानी रु.१,१८,५०,८१० /३७ र कूल सञ्चालन खर्च रु. ६८,२५,९५३/१६ रहेको उल्लेख छ ।

त्यस अवसरमा सोही संस्थाको शेयर सदस्य विस्तारमा विशेष योगदान गरे बापत उक्त संस्थाका शेयर सदस्य पूर्णबहादुर खड्का , उत्कृष्ट बचतकर्ता सानुकाजी महर्जन र असल ऋणी न्हुक्षेमान महर्जन तथा उत्कृष्ट कर्मचारी क्यासियर सुनिता वानिया र बजार प्रतिनिधि विमला ढकाललाई सम्मान गरिएको थियो ।

Leave a Reply