हिमनदी साकोस , भोलागणेशको १०औं वार्षिक साधारणसभा २०७६ पुष १२ गते हुँदैछ

0 Shares

-अशोक घिमिरे , प्रवन्धक , हिमनदी बचत तथा ऋण सहकारी संस्था लि. , भोलागणेश – ९ , ललितपुर

 

ललितपुर महानगरपालिका – ९ , भोलागणेशमा रहेको हिमनदी बचत तथा ऋण सहकारी संस्था लि. स्थानीय समुदायमा आधारित रहेर सञ्चालन भइरहेको छ । सो संस्थाको गतिविधि लगायतका विषयमा केन्द्रित भई उक्त संस्थाका प्रवन्धक अशोक घिमिरेसँग सहकारी सञ्जालले कुराकानी गरेको छ । जसको सम्पादित अंश यस प्रकार छ ।

१. यतिबेला हिमनदी साकोसको गतिविधि के छ ?

~  हिमनदी बचत तथा ऋण सहकारी संस्था लि. को नयाँ सदस्य विस्तार अभियान चलिरहेको छ । यस संस्थाले आफ्नो नियमित गतिविधिहरु राम्रोसँग सञ्चालन गरिरहेको छ । यसै सन्दर्भमा हाम्रो यस संस्थाको १०औं वार्षिक साधारणसभा २०७६ पुस १२ गते हुँदैछ ।

२.  यस संस्थाको शेयर सदस्य , शेयर पूँजी , निक्षेप संकलन र कर्जा लगानी कति छ ?

~  स्थानीय  समुदायमा आधारित यस संस्थाको शेयर सदस्य ७५० जना , शेयर पूँजी रु.९०,००,००० , निक्षेप संकलन रु.१०,००,००,००० र कर्जा प्रवाह रु.९,००,००,००० हाराहारीमा छ भने वासालात रु.११,५०,००,००० रहेको छ ।

३.  संस्थाको खराव कर्जाको अवस्था कस्तो छ नि ”

~ हाम्रो संस्थामा खराव कर्जा छैन । अन्त पनि खराव कर्जाको अवस्था नहोस् भन्नको लागि ऐन / नियामावलीमा भएको व्यवस्था अनुसार कर्जा सूचना केन्द्र र ऋण असुली न्यायधिकरणको स्थापना  जति सक्तो चाडो  होस् ।

४. सहकारी मर्जरबारे तपाईको के भनाई छ ?

~ सहकारी मर्जर आवश्यक छ । त्यसका लागि तीनै तहका सरकारले विशेष योजना र कार्यक्रम बनाएर यसलाई अगाडि बढाउनच आवश्यक छ ।

५. सहकारी सन्दर्भ व्याजदरबारे तपाई के भन्नु हुन्छ नि ?

~ सहकारी सन्दर्भ व्याजदर ठिक छ । यसले राज्यलाई उत्पादन तथा सेवाका क्षेत्रमा लगानी गर्ने वातावरण बनेको छ ।

६. कोपोमिसबारे तपाईको भनाई के छ ?

~ कोपोमिस आवश्यक छ तर यसको सिष्टम राम्रो प्रविधिमैत्री हुनुपर्दछ ।

७. राष्ट्रिय सहकारी बैंक लि. बारे चाहिँ तपाई के भन्नुहुन्छ नि ?

~ राष्ट्रिय सहकारी बैंक लि आवश्यक हो तर यसको सेवा विभेधकारी जस्तो देखिएको छ । यो हुनुहुदैन ।

८. नेफ्स्कुनको गतिविधि बारेमा तपाईलाई कस्तो लागेको छ ?

~ नेफ्स्कूनको गतिविधि ठिक छ । यसका कार्यक्रम ठीक छन् तर कार्यक्रमलाइ कार्यान्वयन गर्ने मान्छे त्यत्ति उपयुक्त देखिएको छैन ।

९. नेफ्स्कूनले सञ्चालन गरिरहेका तालिम चाहिँ तपाईलाई कस्तो लागिरहेको छ नि ?

~ नेफ्स्कूनको तालिमको विषय राम्रो छ तर प्रशिक्षकले दिने तालिम/प्रशिक्षण त्यत्ति प्रभावकारी बन्न सकेको छैन । यसलाई प्रभावकारी बनाउन आवश्यक छ ।

१०. अन्तमा केही भन्नु छ कि ?

~ सहकारी सञ्चालनले अहिले जे गरिरहेको छ , त्यो सहकारीको विकास र प्रवर्द्धनको लागि गरेको देखिएको छ ।

 

 

 

Leave a Reply