श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लि. , को २०औं वार्षिक साधारणसभा सम्पन्न , संस्थाको कूल सम्पति /दायित्व रु.६,४७,०२,३४,६८९
ललितपुरको पुल्चोकमा मुख्य कार्यालय तथा काठमाडौंको चावहिल , नयाँ बजार , न्युरोड र, महाराजगञ्ज , भक्तपुरको कौशलटार र सूर्यविनायक , ललितपुरको चापागाउँ , कुमारीपाटी र बालकुमारी , चितवन जिल्लाको भरतपुर र खैरहनीको पर्सा , कास्कीको पोखरा , मकवानपुरको हेटौडा र गोरखाको गिरानचोकमा सदस्य सुविधा काउण्टर मार्फत शेयर सदस्यहरुलाई वित्तीय सेवा प्रदान गरिरहेको श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लि. को २०औं वार्षिक साधारणसभा आज नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी , काठमाडौंमा भव्यताका साथ सम्पन्न भयो । 

सोही संस्थाका अध्यक्ष अमरदास श्रेष्ठको अध्यक्षतामा सम्पन्न सो साधारणसभाको भूतपूर्व प्रधानमन्त्री तथा समाजवादी पार्टीका संघीय परिषदका अध्यक्ष डा.बाबुराम भट्टराईले उद्घाटन गर्नुभयो । त्यस अवसरमा डा. भट्टराईले श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लि. नेपाल सहकारी क्षेत्रमा छुट्टै परिचयका साथ नमुना सहकारी बनेर अगाडि बढेको देख्ता आफूलाई खुशी लागेको बताउनुभयो । उहाँले उत्पादन बृद्धि गरी आयात घटाउन सहकारीलाई उतपादन तथा वितरणको कार्य गर्ने वातावरण बनाई तिनीहरुलाई यस क्षेत्रमा लाग्न प्रोत्साहन गर्नु पर्ने आवश्यकता औल्याउनुभयो । त्यस अवसरमा भूतपूर्व मन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता देव गुरुङ , भूतपूर्व मन्त्री मन्त्री एवं नेपाली काँग्रेसका नेता बालकृष्ण खाँण , भूतपूर्व मन्त्री तथा राष्ट्रिय सहकारी महासंघ लि. , नेपालका अध्यक्ष केशवप्रसाद बडाल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्दै श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लि.ले सामाजिक तथा आर्थिक क्षेत्रमा पु-याइरहेको योगदानको प्रशंसा गर्दै सो संस्थाको थप प्रगतिको कामना व्यक्त गर्नुभयो । राजनीतिक , सामाजिक , आर्थिक तथा सहकारी क्षेत्रका विभिन्न व्यक्तित्वहरुको उपस्थिति रहेको त्यस सभामा उक्त संस्थाका सचिव/ प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र भण्डारीले मन्तव्य व्यक्त गर्दै
यस संस्थाले लगाएको गुन विर्सिएर केही व्यक्तिले बदामासीको उद्देश्य लिई गलत मनसाय राखी यस संस्थाको विरुद्धमा गतिविधि गरे पनि यस संस्थाका १०,००० शेयर सदस्यहरुको यो संस्थाप्रतिको विश्वास र मायाका कारण तिनीहरु निरुत्साहित भएको र यस श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लि. सफलताको हासिल गर्दै आफ्नो गतिमा निरन्तर अगाडि बढिरहेको छ भन्नुभयो । त्यस साधारणसभामा सो संस्थाको वार्षिक प्रतिवेदन पेश गर्दै सोही संस्थाका अध्यक्ष अमरदास श्रेष्ठले श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लि.का शेयर सदस्यहरुको अटुट विश्वास , माया र भरोसा तथा सञ्चालक एवं कर्मचारीहरुको मेहनत कै कारण यस संस्थाले सफलता प्राप्त गरी देश कै नमुना संस्था बन्न सफल भएको बताउनुभयो । उहाँले यसले आफ्ना शेयर सदस्यहरुलाई १३ प्रतिश लाभांश वितरण गर्ने प्रस्ताव गर्दै आर्थिक वर्ष २०७५/०७६ मा विभिन्न शीर्षकमा रु.५,२२,५९,३०६ कर तिरी नेपाल सरकारलाई राजश्वमा गरेको योगदानमा देशभरका ३५ हजार सहकारी संस्थाहरु मध्ये श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लि. अग्रणी स्थानमा रहेको बताउनुभयो । श्री लालीगुराँस डेरी फार्म एण्ड रिसर्च सेन्टर , लालीगुराँस हस्पिटल प्रा.लि. ,श्री लालीगुराँस उ.मा.वि./ कलेज प्रा.लि. सञ्चालन तथा सिन्धुपाल्चोक जिल्लाको तातोपानीमा स्थानीयबासीहरुसँग मिलेर ३ मेगावाटको भैरवकुण्ड हाइड्रोपावर निर्माण गरिएको र ललितपुर जिल्लाको गोदावारी नगरपालिका वडा नं. ३ मा श्री लालीगुराँस दुग्ध प्रशोधन उद्योग सञ्चालनका लागि निर्माण कार्य भइरहेको उहाँको भनाई थियो । उहाँले सदस्यहरुलाई रेमिट्यान्स सेवा प्रदान गर्दै आइरहेको यस संस्थाले २०७६ माघ महिनाभित्र आफ्नो मुख्य कार्यालयमा ए.टी.एम.(ATM) सेवा सञ्चालन गर्ने गरी डिजाइन तथा निर्माणको कार्य गरिरहेको बताउनुभयो । त्यस अवसरमा सो संस्थाका कोषाध्यक्ष रवि शमसेर थापाले आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समितिका संयोजक पुत्यप्रसाद पोखरेलले लेखा सुपरीवेक्षण समितिको प्रतिवदन पेश गर्नु भएको थियो । सो साधारणसभाले पारित गरेको प्रतिवेदनमा आर्थिक वर्ष २०७५/०७६ मा त्यस संस्थाको शेयर पूँजी रु.४८,८१,७०,९०० , कूल सम्पति/दायित्व रु.६,४७,०१,३४,६८९ , निक्षेप हिसाव रु.५,३५,०२,३०२४६ , कर्जा तथा सापटी रु.४,१८,६९,२८,७१६ , अन्य लगानी रु.१३,८४,१३,६०० र डेरी परियोजनामा लगानी रु.२७,७०,१५,०२८ उल्लेख छ ।
त्यस अवसरमा ८० वर्ष उमेर पूरा गरेका सोही संस्थाका जेष्ठ सदस्यहरु आनन्दप्रसाद श्रेष्ठ , श्रीधर शमसेर ज.ब.रा, , पबित्रकुमारी बस्नेत , कृष्णभक्त श्रेष्ठ , उजेली श्रेष्ठ , जीतबहादुर भण्डारी , दशरथ खड्का , प्रवेशमान सिंह प्रधान , टेकराज जोशी , सुन्दर महर्जन , ब्रिन्दावन लाल श्रेष्ठ , प्रेमकृष्ण तण्डुकार , रामभक्त श्रेष्ठ , बासुप्रसाद उपाध्याय ढकाल , खेमबहादुर माझी , रत्नबहादुर महर्जन , कमला बैद्य , नारायण महर्जन , बलबहादुर थापा , लक्ष्मणप्रसाद आचार्य , कुम्भमाया खड्का , सुगराम परियार , कृष्णदेवी उपाध्याय , शम्भु शमसेर राणा र कृष्णबहादुर थापालाई सम्मान गरियो । त्यसै सोही संस्थाको सदस्य सेवा काउण्टरमा नियमित कारोवार गर्ने शारीरिक असक्तता भएका शेयर सदस्यहरु बेदमाया ढकाल , नीरा अधिकारी , फूर्गेल लामा शेर्पा , अमृतरत्न शाक्य , कुनसाङ दोर्जे लामा , भक्त गोविन्द महर्जन , रविनकुमार मैनाली , चिन्तमणी पराजुली र सविता खत्रीलाई तथा सो संस्थामा ५ वर्ष स्थायी सेवा गरेका कर्मचारीहरु क्रमश : सदस्य सुविधा काउण्करहरुमध्ये चापागाउँका लेखापाल पबित्रा खड्का , बजार प्रतिनिधि विनेश महर्जन र कार्यालय सहयोगी शारदा राई , कौशलटारका बजार प्रतिनिधि अनिता तको र चावहिलकी बजार प्रतिनिधि अञ्जु सिलवाललाई सम्मानित गरिएको थियो । त्यस्तै उक्त संस्थाका शेयर सदस्यहरुका छोरिछोरीहरुमध्ये २०७५ सालको एस.ई.ई. परीक्षामा उत्कृष्ट जी.पी.ए. ल्याई उत्तीर्ण हुने युनिषा खनाल , समीर खड्का , कृपा पौडेल , सुभश्री शाही , अनमोल आचार्य , श्रमिक खड्का , शेखर भण्डारी , बर्षात खकुरेल , प्रतिक प्रजापती , एलिशा तिमिल्सिना , आर्णव गौली , रुपा बजगाई , विजयराज खड्का , विपिन अधिकारी , अभिजीत तिमिल्सिना र सक्षम कर्मचार्यलाई खादा ओडाई सम्मान गरी जनही रु. ५,००० नगद पुरस्कार तथा प्रशंसा-पत्र प्रदान गरिएको थियो ।
त्यस अवसरमा गायक मिलन लामाले सांस्कृतिक प्रस्तुती गर्नु भएको थियो ।
