गाम्चा साकोसले मनायो आफ्नो ११औं स्थापना दिवस

0 Shares

भक्तपुरको सूर्यविनायक नगरपालिका – ४, गाम्चा चोकमा रहेको गाम्चा बचत तथा ऋण सहकारी संस्था लि. ले आफ्नो ११ औं स्थापना दिवस त्यस संस्था सञ्चालक समिति , लेखा सुपरीवेक्षण समिति र उप-समितिहरुका पदाधिकारी तथा सदस्यहरु , संस्थाका कर्मचारीहरु , लघुवित्त समूहका संयोजक एवं उपलव्ध शेयर सदस्यहरु बीच खुशियाली आदान प्रदान गरी मनाएको छ ।

उक्त संस्थाको गाम्चा चोकमा निर्माणाधीन बहुउपयोगी भवनमा हिजो सम्पन्न कार्यक्रममा सोही संस्थाका अध्यक्ष विकाश खड्काले

उक्त संस्थाको ११औं स्थापना दिवसको अवसरमा संस्थाका सञ्चालवक समिति , लेखा  सुपरीवेक्षण समिति , उप-समितिहरु , शेयर सदस्यहरु , लघुवित्त समूह तथा कर्मचारीहरु एवं शुभेच्क्षुकहरुलाई शुभ-कामना दिदै सबैको साथ र सहयोगबाट छोटो समयमा यस संस्थाले राम्रो प्रगति गर्दै समाजमा प्रतिष्ठा आर्जन गर्न सफल भएको बताउदै आगामी दिनहरुमा पनि विगतमा झैं सबैको साथ र सहयोग प्राप्त गरी यो संस्था थप प्रगति पथमा अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो । अब केही महिनाभित्रै यो संस्थाले आफ्नै भवनबाट आफ्ना शेयर सदस्यहरुलाई वित्तीय सेवा प्रदान गर्ने उहाँको भनाई थियो ।

Leave a Reply