स्थानीय तह अन्तर्गतका सहकारी संस्थाको गुनासो सुन्ने र तिनलाई सूचना दिने सहकारी संस्था रहेको पालिकाको सम्वन्धित वडा कार्यालयमा छुट्टै निकाय स्थापना हुनुपर्दछ : चुनदेवी साकोस , थानकोटका अध्यक्ष नरेन्द्र शाही
काठमाडौंको चन्द्रागिरी नगरपालिका -४ , थानकोट , इमाखेलमा रहेको चुनदेवी बचत तथा ऋण सहकारी संस्था लि. का अध्यक्ष नरेन्द्र शाहीले स्थानीय तह अन्तर्गतका सहकारी संस्थाको गुनासो सुन्ने र तिनलाई सूचना दिने सहकारी संस्था रहेको पालिकाको सम्बन्धित वडा कार्यालयमा छुट्टै निकाय स्थापना हुनु पर्दछ भन्नुभयो । सहकारी सञ्जालसँग कुरा गर्दै उहाँले सहकारी संस्थालाई तिर्नु पर्ने ऋण समय नतिर्ने खराब ऋणीहरुलाई सम्बन्धित वडा कार्यालयले कालो सूचीमा राखी सरकारी सेवा सुविधाबाट बञ्चित गर्नु पर्ने बताउनुभयो । सहकारी संस्थाहरुमा हरेक वर्ष सरदर १५ प्रतिशत शेयर लगानी हुनु पर्ने भएपनि अधिकांश सहकारी संस्थाहरुको वार्षिक प्रतिवेदनमा ५ देखि ६ प्रतिशत मात्रै शेयर लगानी रहेको देखिने गरेको पाइएकोले तिनीहरुमा सहकारी शिक्षा र अभिमुखीकरण तालिम प्रभावकारी ढंगबाट सञ्चालन गरिनु पर्ने उहाँको बनाई छ । उहाँले सहकारी संस्थामा शेयर लगानी अति न्युन हुने र आवधिक बचतको व्याज रकमले सहकारी सञ्चालन गर्नु परिरहदा सहकारीमा समस्या देखिएकोले यो समस्याको निवारण गर्न शेयर पूँजी बृद्धि हुने ढंगबाट राज्यले गतिविधि गर्नु आवश्यकतामा जोड दिनुभयो ।
२०७६ कार्तिक मसान्तसम्म चुनदेवी बचत तथा ऋण सहकारी संस्था लि. मा शेयर सदस्य १,६९८ , शेयर पूँजी रु.३,२१,७६,४०० , बचत संकलन रु.१६,६३,३६,५२८/५८ , कर्जा लगानी रु.१४,७५,२०,४६५ र कूल नाफा रु.३७,४७,४८६ रहेको उहाँको कथन छ । सो संस्थाको १३औं वार्षिक साधारणसभा २०७६ कार्तिक १ गते चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरीको प्रमुख आतिथ्यता र सोही संस्थाका अध्यक्ष नरेन्द्र शाहीको अध्यक्षतामा सम्पन्न भएको थियो । उक्त साधारणसभाको उद्घाटन गर्दै प्रमुख अतिथि गिरीले यस चुनदेवी साकोस स्थापना भएको छोटो समयमा सामाजिक , आर्थिक तथा सांस्कृतिक क्षेत्रमा योगदान गरी समाजमा प्रतिष्ठा आर्जन गरी प्रगति पथमा अगाडि बढेको देख्ता आफूलाई खुशी लागेको बताउनुभयो । उहाँले चन्द्रागिरी नगरपालिकाले सहकारीको विकास र प्रर्वद्धनका लागि आवश्यक सहयोग गर्न तयार छ भन्नुभयो । सोही संस्थाका उपाध्यक्ष नमिता बलामीले स्वागत मन्तव्य र कानुनी सल्लाहकार शान्तीराम खतिवडाले सञ्चालन र कार्यकारी सरिता खड्काले प्रतिबद्धता मन्तव्य व्यक्त गर्नु भएको त्यस सभामा सोही संस्थाका अध्यक्ष नरेन्द्र शाहीले उक्त संस्थाको वार्षिक प्रतिवेदन , कोषाध्यक्ष अनिल थापा मगरले आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समिति संयोजक रीना थापा मगरले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन पेश गर्नु भएको थियो । चन्द्रागिरी नगरपालिका वडा नं.३ र ४ का वडा अध्यक्षद्वय दुर्गालाल महर्जन र कृष्णप्रसाद शाही , चन्द्रगिरि नगरपालिका सहकारी विभागका सहकारी विज्ञ सुनिल महर्जन , सहकारी विज्ञ चन्द्रबहादुर ठकुरी , महानगरीय प्रहरी वृत थानकोटका प्रहरी नायव उपरीक्षक कुमार विक्रम थापा , जनता बैंक लि. का नारायणकुमार पुवर मगर , समाजसेवी कुमार श्रेष्ठ तथा आसपासका विभिन्न सहकारी संस्थाहरुका अध्यक्ष तथा प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको त्यस सभामा सोही संस्थाका शेयर सदस्यहरु मैती लामा – पुरानो गाउँ , सजिना शाही – थानकोट , नारायण महर्जन – सतुङ्गल , विना गोपाली – थानकोट , शुक्रराज बलामी -टेकानपुर , राधिका लामा -घुमाउने , सन्दिप श्रेष्ठ- दाउरा डिपो थानकोट , गंगामाया गोपाली- थानकोट , रिमाकुमारी ठाकुर- थानकोट , नारायणमाया गोपाली -लायब , विण्णुमाया श्रेष्ठ -त्रिभुवन पार्क , बशन्त बाल मगर – थानकोट चेकपोष्ट , सविना लामिछाने- थानकोट चेकपोष्ट , मानबहादुर भुजेल- थानकोट चेकपोष्ट , ध्रुबप्रसाद चौलागाई , कोपिला तामाङ , सुन्तली गुरुङ -थानकोट चेकपोष्ट , राजु श्रेष्ठ , भुजाबहादुर मगर , राजेन्द्र लामा , गोकर्ण कँडेल , नुरमाया रामजाती मगर र राजु महर्जनलाई सम्मान गरिएको थियो ।

